• २०८० मङ्सिर १९ गते मङ्गलवार
  • Preeti To Unicode

यसरी पुगे सल्यानमा सुन्तला उत्पादन वृद्धि गर्न विज्ञहरु बगैचामा


हिमाल शर्मा
माघ १२, सल्यान ।
सल्यानमा सुन्तला उत्पादनमा वृद्धिगर्न विज्ञनै वगैचामा पुगेका छन ।

सुन्तला उत्पादनमा कमि आएपछि विज्ञहरुनै वगैचामा पुगेका हुन । प्रयोगात्मक विधिकोमाध्याम वाट सुन्तला उत्पादनमा वृद्धि गर्नको लागी सल्यानमा सो अभियान संचालन गरीएको हो ।

सुन्तला व्यवस्थापन तथा सुद्दढिकरण कार्यक्रम संपन्न भएको छ । सुन्तला उत्पादनलाइ वृद्धि गर्न र सुन्तलाको गुणस्तर लाई वढाउनको लागी सल्यानको शारदा नगरपालिका वडा न ५ पिपलनेटामा सुन्तला वगैचा, व्यवस्थापन, सुद्दढिकरण कार्यक्रम संपन्न भएको छ ।

वाली संरक्षण प्रयोगशाला खजुरा वाँके, र शारदा नगरपालिका सल्यानको आयोजना तथा जिल्ला कृषि विकास कार्यलय सल्यानको संयोजनमा कृषकहरुका लागी एक दिने अभियानमुलक सुन्तला वगैचा व्यवस्थापन, सुद्दढिकरण कार्यक्रम संपन्न भएको छ ।

सुन्तला उत्पादनमा वृद्धि र सुन्तलामा लाग्ने रोगकिराको रोक थामका वारेमा सुन्तला वगैचामा गएर प्रयोगात्मक तरीकाले कृषकहरुलाई रोगथामका विधि सिकाईएका छ ।

शारदा नगरपालिका सल्यानका नगर प्रमुख सुरेश अधिकारी को प्रमुख आथित्यता तथा क्षेत्रिय वाली संरक्षण प्रयोशाला खजुरा वाँके वरिष्ठ वाली संरक्षण अधिकृत पुष्पराज वेल्वासेको उपस्थितीमा कार्यक्रम संपन्न भएको हो ।

सो कार्यक्रमलाई सम्वोधन गर्दै नगर प्रमुख अधिकारीले पहिले जिल्लाकै नमुना सुन्तला उत्पादन हुने ठाउ पिपलनेटा भएको र यसको सदुपयोग र संरक्षण गर्न नसकेर उत्पादनमा कमी अएकोले अव सवै कृर्षकले विज्ञहरुको सल्लाह अनुसार सुन्तलाका विरुवा रौप्न र संरक्षण गर्न सल्लाह दिए ।

हामी पहिलेको परम्परागत रुपमा लगाउने खेतिलाई ध्यान दिदा सुन्तलामा कमी आएको वताउदै हिजोको परम्परागतशैलीलाई भन्दापनि कृषि विज्ञको सल्लाह अनुसार कमगर्ने वताए । साथै उनले अवका दिनमा नगरपालिका वाट विनियोजित रकमलाई पनि परम्परागत रुपमा भन्दापनि विज्ञहरुको आधारमा रकम विनियोजन गर्ने वताए ।

कार्यक्रममा क्षेत्रिय वाली संरक्षण प्रयोशाला खजुरा वाँके वरिष्ठ वाली संरक्षण अधिकृत पुष्पराज वेल्वासेले सुन्तलालाई पनि आफनो सन्तानकै सरह संरक्षण गर्नु पर्ने वताए । उनले भने “सन्तान जन्माएर मात्रै नहुने भएको र सन्तान जन्माएपनि अभिभावकले खेल्नु पर्ने भुमिका सन्तालाई जस्तै आफुले लगाएको सुन्तलालाई पनि हेरचाह गर्नु पर्छ’’ ।

साथै उनले दिगो उत्पादनको लागी सुन्तलामा फुटस्टेड उत्पादन आवश्यक रहेको वताए । सुन्तला, खाद्य तत्वको कारणले सुन्तलाका पात पहेलो हुने भएकोले सुन्तलामा खाद्य तत्वमा कमीहुन नदिन कृषकहरुलाई सल्लाह दिए ।

त्यस्तै वरिष्ठ कृषि विकास अधिकृत अम्मरराज घिमेरेले सुन्तलाका विरुवा रोप्दा पाच मिटर अन्तरमा र ढिगको दुई मिटर घारी सुन्तला राप्नु पर्ने वताए । उनले भन्नु भयो हामीले पहिले परम्परागत तरीकाले सुन्तला लगाउने गरेकोले सुन्तलामा रोगलाग्ने, सुन्तलाका वोट सुक्दैजाने र पातहरु पहेला हुने गरेको वताए ।

साथै सो कार्यक्रमा सुन्तलालाई आवश्यक पर्ने औषधी, सुन्तलालाई चाहीने मल,औषधी प्रयोग गर्ने तरीकाका सुन्तला लगाउदा ध्यानदिने कुराका वारेमा सुन्तला कृषकलाई जानकारी प्रयोगात्मक तरीकाले जाकारी गराईएको थियो । साथै सो कार्यक्रममा सुन्तला वगैचा व्यवस्थापन कार्य तालिका (फल्ने वोटका लागी कार्य तालिका र समय को वारेका पनि जानकारी गराइएको थियो साथै सुन्तला उत्पादनलाई चाहिने सुक्ष्म तत्व उपकरणहरु आरी, सिकेचर,वाल्टीन निलो तुथो,घरपोत्ने चुना लगाएतका उपकरण वितरण गरएिको थियो ।

सो कार्यक्रममा शारदा नगरपालिका सल्यानका उपप्रमुख सावित्रा वस्नेत, शारदा नगरपालिका सल्यानका नि.प्रशासकिय अधिकृत सुर्वनसिहं ठकुरी, क्षेत्रिय वाली संरक्षण प्रयोगशाला खजुराका वाली संरक्षण अधिकृत दिपक घिमेरे, वालि संरक्ष निर्देशनालय हरिहर वालि संरक्षण अधिकृत द्रोण वहादुर घिमेरे, लगाएतका को सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २०७४ माघ १२ गते शुक्रवार