• २०७७ मङ्सिर ९ गते मङ्गलवार
  • Preeti To Unicode

देउवा सरकारले राज्यलाई कंगाल बनाउँदैछ : ओली


माघ १२, पोखरा ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देउवा सरकारले राज्यलाई नै कंगाल बनाउने जस्ता निर्णय गरेको आरोप लगाएका छन् ।

सामुदायिक रेडियो प्रसारक संघको १३ औँ साधारणसभा तथा राष्ट्रिय सम्मेलनको शुक्रबार उद्घाटन गर्दै उनले वर्तमान कामचलाउ सरकारले गरेका सबै निर्णय मान्य नहुने बताए ।

संविधान अपरिवर्तनीय दस्तावेज नभएको बताउँदै अध्यक्ष ओलीले संशोधनका नाममा देशलाई दूरगामी रुपमा असर पार्ने, देश टुक्र्याउने जस्ता निर्णय गर्न नसकिने स्पष्ट गरे । नयाँ कर्मचारी भर्ना गर्नुपर्ने बेलामा ६० अर्ब रुपैयाँ खर्च गरेर भएका अनुभवी कर्मचारीलाई स्वेच्छिक अवकाश दिन वर्तमान सरकारले खोजेको पनि उनले बताए ।

आगामी सरकार सञ्चारमाध्यममैत्री बन्ने विश्वास दिलाउँदै पूर्वप्रधानमन्त्री ओलीले प्रत्येक सञ्चारमाध्यमले समाज र राष्ट्रका हितमा आफूलाई उभ्याउनुपर्नेमा जोड दिए ।रासस

प्रकाशित मिति : २०७४ माघ १२ गते शुक्रवार