• २०७७ असोज २ गते शुक्रवार
  • Preeti To Unicode

एका बिहानै दुखत खबर ! धनुषामा गाडी दुर्घटना हुदा ६ जनाको मृत्यु, ४ घाइते


माघ १३, काठमाडाै ।

धनुषामा गाडी दुर्घटना हुदा ६ जनाकाे ज्यान गएकाे छ भने ४ जना घाइते भएका छन् ।

काठमाडौंबाट झापाकाे लागी हिडेकाे  बा ९ च ३३१४ नम्बरको टाटा सुमो आज बिहान ५ बजेतिर धनुषाको गणेशमान चारनाथ ८ पोर्तहा भन्ने ठाऊँमा  बजे दुर्घटना  भएकाे हाे । मृतकहरु सबैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी चक्रबहादुर सिंहले बताए ।

मृत्यु हुनेमा विराटनगरका शारदा रेग्मी दाहाल, खोटाङ निर्मलडाँडाका ज्ञानबहादुर चौहान, मोरङका बलराज न्यौपाने, मोरङ लेटाङ ८ का खेमकुमार रानामगर, पाँचथर रवि छ का प्रनिता राई, संखुवासभा धर्मदेवी वडा न ९ का नयाराज जिमी रहेको एसपी सिंहले बताए

प्रकाशित मिति : २०७४ माघ १३ गते शनिवार