• २०८० मङ्सिर १३ गते बुधवार
  • Preeti To Unicode

“बिरामीलार्इ भत्ता हैन सरकार निशुल्क उपचार दे’’


लेखकः भद्र नकाल 

मृगौला क्यान्सर लगायत तीन रोग लागेका बिरामीलाई सरकारले मासिक ५ हजार भत्ता दिने ब्यबस्था ल्यायो।

यो सुबिधा लिने बिरामी नेपालमा करिब १६,५०० रहेछन्। मलाई लाग्छ यी भयानक रोगको अगाडी यो रकम हात्तीको मुखमा जीरा हो किनकी अस्पतालमा एकरात सुतेको पुग्दैन ५ हजारले। उसोत रकम कम दियो अलि बढाउनुपर्थ्यो भन्नेपनी होइन मेरो आशय किनकी यो भन्दा बढीदिने हाम्रो राज्य ढुकुटीको हैसियतनै छैन।

१६,५०० लाई भत्ता रकम दिदा वर्षमा करिब १ अर्वभन्दा माथी सरकारि कोषबाट जानेभो, साच्चिकै सरकारको बुद्धि भाको भए वर्षको १ अर्व रकमले यी तीन रोगको उपचार गर्नसकिने ४ वटा ठुला अस्पताल र ठुला डाक्टरको ब्यबस्थाप गर्न सक्थ्यो उक्त अस्पतालबाट यी रोग लागेकाहरुलाई कुनै शुल्क नलाग्ने गरि उपचार गराई राख्न सकेको भए योभन्दा ठुलो राहात अरु केही हुनेथिएन।

अझै बिग्रेको छैन यो भत्ता हटाएर सरकार यतातिर लागोस। ठुला तीन रोगका १६ हजार बिरामीलाई भत्ता दिने पैसाले निशुल्क उपचार दिईराख्न सकिन्छ।

प्रकाशित मिति : २०७४ माघ १३ गते शनिवार