• २०७७ कार्तिक ५ गते बुधवार
  • Preeti To Unicode

राेल्पामा गाउँपालिका प्रमुख संग दुईवटा नागरिकता भएको खुलासा, नक्कली सटिफिकेट पनि


माघ १३, राेल्पा ।

राेल्पा सुकिदह गाउँपालिकाकाे प्रमुख बने देखि अनेक विवादमा मुछिदै आएका प्रमुख बिर बहादुर खत्री संग २ वटा नामका, २ वटा नागरिकता रहेको खुलासा भएको छ ।

स्थानीय हरि बहादुर पुनले गाउँपालिका अध्यक्ष खत्री संग २ वटा नामका, २ नागरिकता रहेको दाबी गर्दै ईलाका प्रहरी कार्यालय घर्तीगाउँमा छानबिनका लागि उजुरी दिएपछि यो कुरा एकाएक बाहिर आएको हो ।

 

स्थानीय पुनले दिएको उजुरीमा भनिएको छ ‘बिर बहादुर खत्रीले जिल्ला प्रशासन कार्यालय रोल्पामा किर्ते कागजात पेश गरेर अर्काको नामबाट नागरिकता लिएका छन’ ।

उजुरी कर्ता हरि बहादुर पुनले पेश गरेको उजुरीका आधारमा पठु खत्रीका पाँच भाई छोराहरु हुन । भिउदे, धनीराम, बिर बहादुर, मोतिराम र डण्डपानी हुन । बिर बहादुर (साईला) को ०४० सालमा मृत्यु भयो । भाईको मृत्यु पच्यात भिउदे हालका बिर बहादुरले तत्कालिन पाखापानी गाउँ पञ्यातमा नागरिकता बनाउन खटिएका टोलीलाई झुक्याएर मृत्यु भएका भाईको नामबाट नागरिकता लिएको तथ्य खुलेको छ ।

सामान्यता एक ब्यक्तिको एउटै नागरिकता हुन्छ । तर बिर बहादुर (भिउदे)ले भाईको नामबाट समेत नागरिकता लिएका छन । उनले जिल्ला प्रशासन कार्यालयको रेकड अनुसार २ बटा नाममा २ बटा नागरिकता लिएको पाईएको छ ।

उनले भिउदे खत्रीको नामबाट ०४२ मंसिर १० गते, ३८९२ नम्बरको नागरिकता जिल्ला प्रशासन कार्यालय रोल्पाबाट प्राप्त गरेका छन । सो नागरिकतामा उनको जन्ममिति २०४४ साउन १४ गते उल्लेख रहेको छ ।

हालका बिर बहादुर अर्थात भिउदेले मृत्यु भएका साईला भाई बिर बहादुरको नामबाट २०४६ साल बैशाख १५ गते बिर बहादुर खत्रीको नाममा २०२७ साल भदौँ १ गतेको जन्ममिति राखेर १८६ नंम्बरको नागरिकताको प्रमाण पत्र टोली मार्फत लिएका हुन ।

अर्काेकुराः उनि संग नक्कली एसएलसी पास गरेको प्रमाणपत्र रहेको उनका सहपार्टीहरुले दाबी गरेका छन ।

बैधानिक सरकारका जन प्रतिनिधि संग अबैधानिक प्रमाण पत्र भएको गम्भीर खुलासा उनकै सहपार्टीहरुले गरेपछी उनलाई नैतिक संकट पर्ने देखिन्छ । यस्ता अवैधानिकताहरु अझै खुल्दै जाने स्रोतले दावी गरेको छ । उनि नेकपा माअाेवादीबाट उमेदार भएर बिजय भएका नेता हुन् । रङ्ग पाटीबाट साभार 

प्रकाशित मिति : २०७४ माघ १३ गते शनिवार