• २०७७ असोज ३ गते शनिवार
  • Preeti To Unicode

प्रचण्डले मुख खाेले “एमालेले जे गर्याे ठिक गर्याे’’


माघ १३, चितवन ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेले जे गर्याे त्याे ठिक गरेकाे बताएका छन् ।

चितवनको भरतपुर विमानस्थलमा पत्रकाहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले सरकारका पछिल्ला निर्णयमा एमाले गरम माओवादी नरम भयो भन्ने हल्ला चलेका बेला उनले एमालेले पत्रकार सम्मेलन गरेर व्यक्त गरेको धारणामा माओवादीको सहमति रहेको समेत स्पष्ट पारेका हुन् ।

उनले आफु उपत्यका बाहिर भएका कारण पत्रकार सम्मेलनमा सहभागि हुन नसकेको भन्दै उमाले अध्यक्ष केपी शर्मा ओलीलाई धारणा सार्वजानिक गर्न सहमति दिएको बताए । ‘त्यो दिन म नेपालगञ्ज र भैरहवामा थिए, केपी जीले पत्रकार सम्मेलन गर्नुपर्‍यो भन्नुभयो, म आउन ढिला भयो‘, प्रचण्डले भने, ‘तर, मैले जे कुरा भन्नु छ तपाईले भन्दा हुन्छ भनेर सहमति दिएकै थिए ।’

देउवा सरकारले जनमतको खिल्ली उडाएको भन्दै उनले अाफ्नाे सरकार बनेपछि पुर्नविचार गर्ने बताएका छन्  ।

प्रचण्डले नयाँ सरकार गठन अघि नै पार्टी एकता हुने दाबी गर्दै छलफललार्इ तीब्रता दिएको समेत बताएका छन् ।

 

प्रकाशित मिति : २०७४ माघ १३ गते शनिवार