• २०७७ माघ १० गते शनिवार
  • Preeti To Unicode

सल्यानका स्थानिय तह कर्मचारी विहिन


सरिता चलाउने
माघ १३, सल्यान ।

स्थानीय निकायको चुनाब भएको ८ महिना भन्दा बढी बितिसक्दा पनि सल्यानका गाउँपालिका तथा नगरपालीका कर्मचारी बिहिन भएका छन ।

स्थानीय तहहरुमा कर्मचारी पुगि नसक्दा काम गर्न निकै समस्या भएको गुनासो आउने गरेको छ ।

कर्मचारी व्यवस्थापनदेखि कार्यालय स्थापनाको काम भइरहेको जनाए तापनि जिल्लामा रहेका ३ नगरपालिका र ७ गाउँपालिका कार्यालयहरुमा प्रयाप्त मात्रामा कर्मचारी नहुदाँ काम गर्न समस्या भएको प्रशासकिय अधिकृतहरुले बताउने गरेका छन ।

जिल्ला बाट कर्मचारी खटाईएको भए पनि आफ्नो गाउँपालीमा कर्मचारीको अभाब हुँदा सबै काम आफुले गर्नुपरेको शिद्धकुमाख गाउँपालीकाका प्रशासकिय अधिकृत हरी जगं चन्दले बताए ।

उनले भने “कर्मचारी खटाईएको भए पनि कतिपय कर्मचारी स्थानीय तहमा काम गर्न मानेका छैनन् । दुर्गम ठाउँ भएको हुनाले र दरबन्दी जिल्लामै भएको कारणले पनि कर्मचारी गाउँपालीमा जान अटेर गरका छन ।’’ गाउँपालीकामा खटिएका कर्मचारी पनि एक महिना सेवा कालीन तालीममा गएको हुनले पनि प्रशासनमा कर्मचारीको अभाब भएको उनले बताए ।

अहिले सम्म सबै काम आफैले गर्नुपर्ने स्थीति आएको प्रशासकिय अधिकृत चन्दको भनाई छ । यतिबेला शिद्धकुमाख गाउँपालीकाका सबै वडा कर्मचारी बिहिन रहेका छन ।

प्रकाशित मिति : २०७४ माघ १३ गते शनिवार