सरिता चलाउने
माघ १३, सल्यान ।
सल्यानमा नेपाली सेनाले जिल्लाका जनताको मनमष्तिक जित्न तथा स्थानीय जनताहरु सँग सम्बन्ध प्रगाढ बनाउदै लैजानको लागी बिभिन्न कार्यक्रहरु सञ्चालन गर्दै आईरहेको छ ।
भगवती प्रसाद गुल्म सल्यानले अहिले जिल्लाको बागचौर नगरपालीका वडा नम्बर १० को दुबेरीचौरमा खानेपानी निर्माण गरेको छ । बागचौर नगरपालीकाको सहकार्य, जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यलय सल्यानको प्राबिधिक सहयोगमा र भगवति प्रसाद गुल्मको फौज तथा स्थानीय बासिन्दाको जनश्रमदानमा दुबेरीचौर वल्लेटोल खानेपानी निर्माण भएको हो ।
२०७४ साल पौष १६ गते बाट उक्त खानेपानी निमार्ण सुरु गरिएको थियो । खानेपानी निमार्णको लागी उप सनानी शंकर डंगोलको कमान्डमा से.मु फौज ७४ साल पौष १६ बाट खटिएको थियो ।
लामो समय सम्म खानेपानीको अभाबमा रहेका दुबेरीचौरका स्थानीयबासि खानेपानीको अभाब पुर्ति भएको भगवति प्रसाद गुल्मका गुल्मपति विदुर अधिकारीले जानकारी दिए । उक्त खानेपानी आयोजना बाट वल्लेटोलका १९ घरधुरी तथा १६ क्षेत्री ३ दलित गरी करिब एक सय जना ब्यक्ति प्रत्यक्ष लाभाम्बित हुने छन भने आसपासका करिब २ सय ब्यक्ति अप्रत्यक्ष रुपमा लाभाम्बित अधिकारीले बताए ।
उक्त खानेपानी योजनाको भोली एक कार्यक्रममा बिच उदघाटन गरिने भएको छ । उत्तर पश्चिम पृतनका सह चिफ अफ स्टाफ म. स श्याम कुमार खडको प्रमुख आथित्यता तथा बागचौर नगरपालीकाका मेयर लोकमान बुढाथोकी बाट संयुक्त उदघाटन गरी स्थानीय उपभोक्ता समितिलाई हस्तान्तरण गरिने गुल्मपति अधिकारीले बताए ।
लेकाली अनलाइनमा प्रकाशित यसअघि सल्यानमा सेनाले गरेकाे याे काम पनि हेर्नुहाेस्
सल्यानमा सेनाले चलाएकाे शिविरमा २ सय ८१ जनाकाे निशुल्क जाँच
बागचौरको पिपलनेटामा जानुहोस् निशुल्क स्वास्थ्य र आँखा शिविर छ