• २०७७ असोज ५ गते सोमवार
  • Preeti To Unicode

जाँदाजाँदै देउवा सरकारले यस्ताे निर्णय गर्याे, दलित र एकल महिलाले कहिले बिर्सने छैनन्


माघ १४, काठमाडाै ।

जाँदाजाँदै जथाभावी निर्णय गर्न थालेको शेरबहादुर देउवा सरकारले दलित र एकल महिलाले सामाजिक भत्ता पाउने उमेरसमेत घटाएको छ ।

आजको कान्तिपुर दैनिकमा खबर छ- वृद्धभत्ता पाउने उमेर ६५ वर्ष बनाएकै दिन बसेको मन्त्रिपरिषद् बैठकले दलित र एकल महिलाले सामाजिक भत्ता पाउने उमेरसमेत घटाएको जानकारी प्रधानमन्त्री कार्यालय स्रोतले दिएको छ।

अब दलित र एकल महिलाले ५५ वर्ष पुगेपछि सामाजिक भत्ता पाउन थाल्नेछन्।
सरकारले यसअघि दलित र एकल महिलाले ६० वर्ष पुगेपछि मासिक एक हजार रुपैयाँ सामाजिक भत्ता पाउँथे भने अब ५५ वर्ष पुगेपछि त्यस्तो सुविधा पाउन थाल्नेछन्

प्रकाशित मिति : २०७४ माघ १४ गते आइतवार