माघ १४, काठमाडाैं ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्र कार्यदलको बैठक कुरा नमिल्दा सरेको छ ।
अाइतबार ११ बजे बस्ने भएकाे बैठक ३ बजेका लागि सरेको हो । मुख्यमन्त्री लगायतका विषयमा अध्यक्षद्वय केपी अोली र पुष्पकमल दाहाल प्रचण्डको मोटोमोटी सहमति भएपनि सभामुखको बिषयमा कुरा नमिल्दा बैठक सरेको स्रोतले जानकारी दिएकाे छ ।
शनिबार साँझ प्रचण्ड र अोलीको गोप्य छलफलले प्रदेश नम्बर ३ मा एमालेकी अष्टलक्ष्मी शाक्य, प्रदेश नम्बर ५ मा शंकर पोखरेल, प्रदेश नम्बर ६ मा माओवादीका महेन्द्रबहादुर शाही र प्रदेश नम्बर ७ मा पनि माओवादकीकै वीरमान चौधरी मुख्यमन्त्री बन्ने मोटामोटी सहमति गरेका छन् । तर
प्रदेश नम्बर ४ मा पृथ्वीसुब्बा गुरुङ कि किरण गुरुङ् भन्नेमा अाज अाइतबार टुङ्ग्याउने उच्च स्रोतले जानकारी दिएकाे छ ।