• २०७७ कार्तिक ८ गते शनिवार
  • Preeti To Unicode

सल्यानमा सेनाको फौजले खानेपानी निर्माण, हेर्नुहाेस् पानीकाे धारा


सरिता चलाउने
माघ १४, सल्यान ।
भगवती प्रसाद गुल्म सल्यानले जिल्लाको बागचौर नगरपालीका वडा नम्बर १० को दुबेरीचौरमा खानेपानी निर्माण गरेको छ ।

लामो समय सम्म खानेपानीको अभाबमा रहेका दुबेरीचौरका स्थानीयबासि खानेपानी टोलमै नेपाली सेनाले निमार्ण गरिदिए पछि त्यहाँका स्थानीय हर्षित भएको भगवति प्रसाद गुल्मका गुल्मपति विदुर अधिकारीले जानकारी दिए ।

उक्त खानेपानी आयोजना बाट वल्लेटोलका १९ घरधुरी तथा १६ क्षेत्री ३ दलित गरी करिब एक सय जना ब्यक्ति प्रत्यक्ष लाभाम्बित भएका छन भने आसपासका करिब २ सय ब्यक्ति अप्रत्यक्ष रुपमा लाभाम्बित भएको गुल्मपति अधिकारीले बताए । सल्यानमा नेपाली सेनाले जिल्लाका जनताको मनमष्तिक जित्न तथा स्थानीय जनताहरु सँग सम्बन्ध प्रगाढ बनाउदै लैजानको लागी बिभिन्न कार्यक्रहरु सञ्चालन गर्दै आईरहेको छ ।

बागचौर नगरपालीकाको सहकार्य, जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यलय सल्यानको प्राबिधिक सहयोगमा र भगवति प्रसाद गुल्मको फौज तथा स्थानीय बासिन्दाको जनश्रमदानमा दुबेरीचौरको वल्लेटोलमा खानेपानी निर्माण गरेको हो ।

बिगद केही बर्ष देखि पानीको समस्या भोग्दै आईरहेका दुबेरीचौर वल्लेटोलका स्थानीय बासिन्दाले पटक पटक खानेपानी निमार्णको लागी योजना माग गर्दा नेपाली सेनाको एक लाख पँचास हजार, बागचौर नगरपालीका कार्यलयको एक लाख, भगवति प्रसाद गुल्मको पँचास हजार र बागचौर नगरपालीका वडा नम्बर १० दुबेरीचौरको दुई लाख ४७ हजार ९ सय ७६ गरी दश लाख ४७ हजार ९ सय ७६ लागतमा खानेपानी निर्माण भएको हो ।

२०७४ साल पौष १६ गते बाट उक्त खानेपानी निमार्ण सुरु गरिएको थियो । खानेपानी निमार्णको लागी उप सेनानी शंकर डंगोलको कमान्डमा से.मु फौजसाल पौष १६ बाट खटिएको थियो ।

२९ दिनमा काम सम्पन्न गरेर उक्त खानेपानी योजनाको आज एक कार्यक्रममा बिच उदघाटन गरिएको छ । उत्तर पश्चिम पृतनका सह चिफ अफ स्टाफ महा सेनानी श्याम कुमार खडा र बागचौर नगरपालीकाका मेयर लोकमान बुढाथोकी बाट संयुक्त रुपमा उदघाटन गरी स्थानीय उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ ।

प्रकाशित मिति : २०७४ माघ १४ गते आइतवार