मनिषा राई
माघ १४, रोल्पा ।
जिल्ला प्रहरी कार्यलय रोल्पाको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम ईलाका प्रहरी कार्यलय माडी २ घर्तीगाउ रोल्पामा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा प्रमुख जिल्ला अधिकारी डा.डिजन भट्टराइले बिभिन्न सहभागिहरुको गुनासोलाई सम्बोधन गर्दै अहिले गाउ गाउमा स्थानिय तह गइसकेकोले पनि जनताको सुनुवाई जनप्रतिनिधिहरमा सजिलै रुपमा जाने बताए ।
उनले आज मात्र लागुऔषध सहित पक्राउ परेको घटनाप्रति इङिगत गर्दै प्रहरीको साथी जनता भएकाले जनताको साथ बिना प्रहरी र प्रशासनले केहि गर्न नसक्ने बताउनुभयो । साथै जुनसुकै घटनाको पनि प्रकृति हेरी समाधान प्रक्रिया अगाडि बढाउने उद्घोष गरे ।
उनले गाउपािलका स्तरमा फौजदारी प्रकृतिका घटनाहरु प्राय नआउने भएकोले पनि देवानी प्रकृतिका घटनाहरुलाई गाउपालिकामै सुल्झाउन प्रशासन र प्रहरीको मुख अताक्न समेत आगह्र गरे । उनले भने ‘प्रहरी र जनताबिचको सम्बन्ध नजिकको हुनुपर्छ हरेक समस्याको समाधान प्रहरीले नै अन्त्य गर्नुपर्छ भन्ने बानीको अन्त्य गर्नुपर्छ ।’
उनले इप्रका माडी गाउपालिका रोल्पालाई जनतालाई सुरक्षाको पुर्ण प्रत्याभुति दिलाउन सक्रिय भएर लाग्न समेत आग्रह गरे । त्यसैगरी कार्यक्रमका अध्यक्ष तथा जिल्ला प्रहरी कार्यलय रोल्पाका प्रहरी निरिक्षक सुदर्शन पन्थीले गाउपालिका मात्र नभई जिल्लाको हरेक कुना कुनामा सदैब प्रहरी मात्र पुग्न सम्भव नहुने हुनाले जिल्लाका घट्ने घटनाहरुलाई बाहिर ल्याउन आम जनताको साथ आवस्यक हुने भएकाले प्रहरीलाई जनताले साथ र सहयोग गर्न कत्ति पनि कन्जुस्याई नगरीदिन आग्रह गरे ।
राष्ट्रिय अनुसन्धान रोल्पाका अनुसन्धान अधिकृत मनोज ढकालको बिशिष्ट आतिथ्यता रहेको कार्यक्रममा माडी गाउपालिका ३ का वडाअध्यक्ष दल बहादुर घर्तीमगर, नेकपा एमाले माडी गाउपालिका सहइन्चार्ज इन्द्र बहादुर घर्तीमगर, नेपाली कांग्रेस जिल्ला सदस्य टेक बहादुर बिक, घर्तीगाउ वजार व्यवस्थापन समितिका अध्यक्ष कमल घर्तीमगर, इलाका वन कार्यलय रोल्पाका फोरेष्टर खडक बहादुर पुनमगर, माडी गाउपालिका स्वास्थ संयोजक डिल्लीराज आचार्य, लगायत स्थानियहरुको उपस्थ्तिि रहेको थियो ।