शंकर के सी
माघ १४, सल्यान ।
सल्यानमा आयतबार बेलुकी मिनि ट्रकले मोटरसाइकललाइ ठक्कर दिदा दुइजना घाइते भएका छन् । घाइते मध्य एकजनाको अवस्था गम्भीर छ । रुकुमबाट दाङ तर्फ गइरहेको मिनि ट्रकले कपुरकोटको तल्लो बजारमा सोहि दिशातर्फ गइरहेको मोटरसाइकललाइ ठक्कर दिन पुगेको थियो ।
बेलुकी साढे ६ बजेतीर भएको दुर्घटनामा रुकुमबाट दाङ जाने भनेर इन्ट्री गरेका दिलिप बुढा गम्भीर घाइते भएको कपुरकोट प्रहरीले जनाएको छ । साथै मोटरसाइकलमा सवार एक महिला पनि घाइते भएको र उनीहरुलाइ उपचारका लागी प्रहरीले दाङको तुलसिपुर लगेको कपुरकोट प्रहरी चौकीका प्रहरी हवल्दार लक्ष्मण भुसालले जानकारि दिए ।
कपुरकोट तल्लो बजार स्थीत उकालो सडक छेउँमा रोकिएको रा १ ख ९३९ नम्बरको मिनि ट्रक स्टार्ट नभएपछि चालकले व्याकमा स्टार्ट गर्न खोजेका थिए । तर व्याकमा पनि स्टार्ट नभएको र ब्रेक पनि नलागेकाले पछाडीबाट आइरहेको रा ३ प ८५९६ नम्बरको मोटरसाइकललाइ ट्रकको पछाडीको भागले ठक्कर दिएको थियो । ठक्कर दिने मिनी ट्रक र चालक तुल्सीराम घर्तीलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।
गएकाे हप्ता सल्यानमा भएका दुखत दुर्घटनाहरु
सल्यानमा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु
सल्यानमा जिप दुर्घटना ६ जना घार्इते
सल्यानमा ३ जनाको ज्यान र ३८ जना घाईते हुनेगरी भएकाे दुर्घटना यस्ताे छ ? (भिडियाे सहित)
सल्यानमा बस दुर्घटनामा परी ३ को ज्यान गयो, ३८ घाईते । नामावाली सहित बिस्तृतमा