• २०८० मङ्सिर १९ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानमा मिनि ट्रकले मोटरसाइकललार्इ ठक्कर दिदा २ काे मृत्यु


शंकर के सी
माघ १५, सल्यान ।

सल्यानमा मिनि ट्रकले मोटरसाइकललाइ ठक्कर दिदा दुइजनाकाे ज्यान गएकाे छ ।

रुकुमबाट दाङ तर्फ गइरहेको मिनि ट्रकले कपुरकोटको तल्लो बजारमा सोहि दिशातर्फ गइरहेको मोटरसाइकललाइ ठक्कर दिदा मोटरसाइकलमा सवार दम्पति ३२ वर्षिय दिलिप बुढा र ३० वर्षिय सम्झना बुढाको उपचारकै क्रममा राप्ती अञ्चल अस्पताल तुलसिपुरमा गएराती उपचारको क्रममा मृत्यु भएको प्रहरी चौकी कपुरकोटले जनाएको छ ।

पूर्वी रुकुम मोरावाङ निवासि उनहिरु मुसिकोट नगरपालिका एकमा होटल सञ्चालन गरेर बस्दै आएका थिए । रुकुमबाट दाङ तर्फ गइरहेको मिनि ट्रकले कपुरकोटको तल्लो बजारमा सोहि दिशातर्फ गइरहेको मोटरसाइकललाइ ठक्कर दिन पुगेको थियो ।

कपुरकोट तल्लो बजार स्थीत उकालो सडक छेउँमा रोकिएको रा १ ख ९३९ नम्बरको मिनि ट्रक स्टार्ट नभएपछि चालकले व्याकमा स्टार्ट गर्न खोजेका थिए । तर व्याकमा पनि स्टार्ट नभएको र ब्रेक पनि नलागेकाले पछाडीबाट आइरहेको रा ३ प ८५९६ नम्बरको मोटरसाइकललाइ ट्रकको पछाडीको भागले ठक्कर दिएको थियो । ठक्कर दिने मिनी ट्रक र चालक तुल्सीराम घर्तीलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।

पछिल्लाे समय सल्यानमा भएका दुखत दुर्घटनाहरु

सल्यानमा मिनि ट्रकले मोटरसाइकललार्इ ठक्कर दिदा २ काे मृत्यु

सल्यानमा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु

सल्यानमा जिप दुर्घटना ६ जना घार्इते

सल्यानमा ३ जनाको ज्यान र ३८ जना घाईते हुनेगरी भएकाे दुर्घटना यस्ताे छ ? (भिडियाे सहित)

सल्यानमा बस दुर्घटनामा परी ३ को ज्यान गयो, ३८ घाईते । नामावाली सहित बिस्तृतमा

सल्यानमा बस दुर्घटनाः ३ काे मृत्यु, ३० जना भन्दा बढी घाईते

सल्यानमा मोटरसाईकल दुर्घटना हुदाँ १ जनाकाे मृत्यु

चालकले मदिरा सेवन गरी जाजरकोट बाट सल्यान गाडी ल्याउदा ३ ठाँउमा मानिस र गाडीलार्इ ठक्कर, ट्राफिक प्रहरी मुकदर्शक

सल्यानमा जिप दुर्घटना ६ जना घार्इते 

सल्यानमा गाडी पल्टीदा १४ जना भन्दा बढी घाइते, केहि गम्भीर

प्रकाशित मिति : २०७४ माघ १५ गते सोमवार