• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

बन्दुक हैन् अब कलम मुख्य हतियार बन्याेः प्रचण्ड


माघ १५, काठमाण्डाैँ । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन युद्धमा कलम, बन्दुक, र मादललाई मुख्य हतियार वनाइएकाे बताएका छन्  ।

अाज (सोमबार) प्रेस सेन्टर महिला विभागले आयोजना गरेको कार्यक्रममा प्रचण्डले बन्दुक र मादलले जति सपना पुरा गरेपनि त्यसले अबकाे समाज परिवर्तन गर्न नसक्ने भन्दै अब कलम मुख्य हतियार बनेकाे बताएका छन् । उनले बाँकी सपना पुरा गर्न कलमका माध्यमबाट महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताएका छन्  ।

उनले देशलाई राजनीति स्थायित्व, सुशासन र समृद्धितर्फ लैजानु आवश्यक रहेको भन्दै त्यसका लागि सकारात्मक भूमिका खेलिदिन पत्रकारहरुलाई आह्वान गरेका छन् ।

देशलाई अराजकतातर्फ लैजाने प्रयास भइरहेको भन्दै उनले आफूहरुले त्यस्तो हुन नदिने प्रचण्डले बताए । वाम गठबन्धनले जनताका अगाडि गरेका प्रतिबद्धता पूरा गर्ने प्रतिवद्धता जनाउदै प्रचण्डले जनताका सपना पूरा नभएकाे वताए ।

उनले जनताका सपना अव वाम गठबन्धनकाे स्थीर सरकारले पुरा गर्ने पनि जिकिर गरे ।

प्रकाशित मिति : २०७४ माघ १५ गते सोमवार