माघ १५, काठमाण्डाैँ ।
राजपा नेपाल अध्यक्ष मण्डलका अध्यक्ष राजेन्द्र महत्तोले एमालेका विरुद्ध फेरी आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै महत्ताेले बाम गठनबन्धनसँग सरकार गठनका बिषयमा सहमति हुन नसक्ने समेत बताएका छन् । “एमालेले संविधान संशोधनका बिषयमा सकारात्मक धारण सार्वजनिक नगरी संविधान संशोधनमा बाधा पु¥याएको अबस्थामा राजपा एमालेका विरुद्ध फेरी आन्दोलनमा उत्रिन्छाैँ ” उनले भनेका छन् ।
कार्यक्रममा बोल्दै उनले नेपाल भारतबीच अहिले सीमा विवाद नभएको बताए । अध्यक्ष महत्तोले नेपाली सञ्चार माध्यमले उचालेको भरमा नेपाली सीमा भारतले मिचेको भन्न नमिल्ने बताए । सीमा सम्बन्धीत विवाद भए दुई देशका सरकारबीच कुटनीतिक सहमति र छलफलका माध्यमबाट मिलाउन सकिनेमा उनले जोड दिए ।
महत्तोले दुई नंम्बर प्रदेशमा जनताले राजपा र फोरम लोकतान्त्रीक पार्टीलाई सरकार बनाउने म्याण्डेट दिएकोले दुई पार्टीको सहमतिमा सरकार निमार्ण हुने बताए।
उनले केहिदन अघि भारतीय पत्रिकामा भारतबिना नेपाललार्इ सास फेर्न पनि मुस्किल छ भनेर अभिव्यक्ती दिएका थिए ।
भारतबिना नेपाललार्इ सास फेर्न पनि मुस्किल छः महत्ताे !
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य नेता राजेन्द्र महत्तो यतिवेला विवादमा तानिएका छन् । विवादमा तानिनुकाे कारण छ उनले भारतबिना नेपाललार्इ सास फेर्न पनि मुस्किल छ भनेर भारतीय मिडियामा दिएकाे अभिव्यक्ति । नेता महत्ताेकाे अभिव्यक्तिलाई भारतीय मिडियाले प्राथमकिताका साथ लिएका छन् । ‘भारतके बिना नेपालका सांस फेर्न लेना भी मुस्किल ‘ भनेर ती मिडियाहरूले हेडलाइन बनाएका छन् । भारतले सीमा अतिक्रमण गरिरहदा चुपलागेर बस्ने मधेशवादी नेताहरूका यी र यस्तै पटक पटकका विवादित अभिव्यक्तिलार्इ राजनैतिक वृतमा चाँसाेका साथ हेरिएकाे छ । याे अभिव्यक्तिले महत्ताेकाे राष्ट्रवाद उदांगिएकाे प्रष्ट छ ।
भारतीय पत्रिका गाेरखपुरमा यस्ताे छ उनकाे अभिव्यक्ति