• २०७७ कार्तिक ८ गते शनिवार
  • Preeti To Unicode

माओवादी हेडक्वार्टरमा खैलाबैलाः यी दुई नेताले दिएकाे राजीनामा प्रचण्डले गुपचुप राखेका खुलासा


माघ १५, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका दुई नेताले राजीनामा दिएको कुराले माओवादी हेडक्वार्टरमा खैलाबैला मच्चिएको छ ।

राजीनामा दिएको तर अहिलेसम्म पनि स्वीकृत नभएकाले पनि यो सूचना बाहिर निस्किएको छैन् । तर माओवादीका एक नेताले दिएको सूचना अनुसार माओवादीका ३ नम्बर प्रदेश संयोजक झक्कु सुवेदी र काठमाडौं जिल्लाका इन्चार्ज लेखनाथ न्यौपानेले राजीनामा पार्टी केन्द्रीय कार्यालयमा करिब एक महिनाअघि बुझाएका छन् ।

नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकतामा असर हुने मनासयले बाहिर नआएको यो खबर माओवादीले नै गुपचुप नै राखेका छन् । करिब एक महिनाअघि दिएको राजीनामा अहिलेसम्म किन स्वीकृत या अस्वीकृत भएन भन्ने प्रश्नमा माओवादीका एक नेताले नाम नखुलाउने सर्तमा भने ‘पार्टी एकताका पनि कुरा चलिरहेको छ र अर्कोतिर राष्ट्रियसभा चुनावको पनि आइरहेको छ त्यसैले राजीनामालाई अध्यक्ष प्रचण्डले गुपचुप राख्नु भएको हो ।’

माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव प्रल्हाद बुढाथोकीलाई यसबारे जानकारी लिन खोज्दा उनले आफुलाई जानकारी नभएको बताए । मंसिर १० र २१ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ३ नम्बर प्रदेश र काठमाडौंबाट राम्रो नतिजा नआएकाले राजीनामा दिएको सुवेदी निकट मानिने एक नेताले जानकारी दिए । ‘सुवेदीले करिब एक महिनाअघि र न्यौपानेले चुनाव लगत्तै राजीनामा बुझाएका हुन’ ति नेताले खबरडबलीसँग भने । उनीहरुले पार्टीबाट नभई ३ नम्बर प्रदेश संयोजक र काठमाडौं इन्चार्ज पदबाट राजीनामा दिएका हुन् । खबरडबलीबाट

प्रकाशित मिति : २०७४ माघ १५ गते सोमवार