• २०७८ बैशाख २८ गते मङ्गलवार
  • Preeti To Unicode

यीनै उपमेयर हुन् गाडी सुविधा नभएकाे भन्दै माइन्युट च्यात्ने


माघ १५, जनकपुर ।

गाडी सुविधा नभएकाे भन्दै धनुषामा एक उपमेयरले माइन्युट च्यालेकी छन् ।

गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मीनाकुमारी यादवले आफूलाई गाडी नदिएको भन्दै नगर कार्यपालिका बैठकको माइन्युट च्यातेकी हुन् । आफूलाई पनि गाडी सुविधा दिन माग गर्दै आएकी उपमेयर यादवले बैठकको प्रस्तावमा आफूलाई गाडी सुविधा दिने विषय उल्लेख नगरेको भन्दै उनले माइन्युट च्यातेकाे बताइएकाे छ । उपमेयरले नै माइन्युट च्यातेपछि नगरकार्यपालिका बैठक स्थगित भएको छ ।

धनुषा जिल्लाका १८ स्थानीय तहमध्ये १७ वटामा उपमेयरलाई गाडी दिए पनि आफूलाई गाडी सुबिधा नदिएको उनले बताएकी छिन् । नगरका मेयर र कार्यकारी अधिकृतले आफुलाई गाडी नदिएको उनले आरोप लगाइन् ।

 

प्रकाशित मिति : २०७४ माघ १५ गते सोमवार