• २०८० मङ्सिर १९ गते मङ्गलवार
  • Preeti To Unicode

५ करोडकोे ज्यान लिने यस्ताे राेग ! सय वर्षदेखि आजसम्म पनि उस्तै छ महामारी


माघ १५, काठमाडौँ ।

यो वर्ष स्पेनिस फ्ललेु प्रकोपको रुप लिएको सय वर्ष पूरा भएको छ । यसलाई इतिहासको सबैभन्दा खराब महामारी मानिन्छ ।

चार वर्ष चलेको पहिलो विश्वयुद्धमा मरेका मान्छे बराबर सङ्ख्यामा मान्छे यो रोगको कारणले दुई वर्षमै मरेका थिए ।

महामारी तयारीको लागि खोजको सहकार्य( सी.ई.पि.आई.) का निर्देशक रिचर्ड ह्याट्चेटले यो रोगको कारण भारतमा मात्र ५ प्रतिशत जनसङ्ख्या गुमाएको बताए । भारतीय इतिहासमा जनसङ्ख्यामा कमी आएको यो एक मात्र वर्ष थियो ।

पहिलो विश्वयुद्धमा युरोप आएका अमेरिकी फौजहरुसँगै यो प्रकोप प्रसार गरेको धेरै विज्ञहरु बताउँछन् ।

आज सय वर्षपछि पनि नयाँ भाइरसले प्रकोप फैल्याउन सक्ने खतरा अझै रहेको धेरै विज्ञले चिन्ता व्यक्त गरेका छन् ।

“फ्लु भनेको स्वाशप्रस्वास प्रणालीमा लाग्ने भाइरस हो । यो सजिलै सर्न सक्छ । मान्छेमा लक्षण नदेखिइसक्दा पनि तिनीभित्र रहेको रोगको किटाणु अर्कोमा सरिरहेको हुन्छ । यो गुणले गर्दा फ्लुको प्रसार नियन्त्रण गाह्रो छ,” विश्व स्वास्थ संगठनमा सरुवा रोग विशेषज्ञ रहेका सिल्भीई ब्राइण्डले भने ।

यसका असङ्ख्य स्वरुपहरु हुन्छन् जो एक अर्कासँग वा पंक्षी वा सुँगुरका भाइरससँग मिलेर प्राणघातक स्वरुप लिन सक्छन् ।

अझै संवेदनशील

एन्टी भाइरल, एन्टी वायोटिक र खोपहरुमा भएको विकासको बावजुद पछिल्ला केही महामारीले विश्व यस्ता प्रकोपको खतरासँग जुध्न पूर्ण तयार नरहेको देखाएको छ ।
सन् २००३ मा सार्स नामक महामारीबाट ७७० मान्छे मरे ।

पछिल्ला तीन वर्षहरुमा पश्चिम अफ्रिकामा इबोला , दक्षिण अमेरिकामा जीका र अझ पछिल्लो समय म्याडागास्करमा मात्र केन्द्रित रहेको प्लेग महामारी देखिए । इबोलाले पश्चिम अफ्रिकामा २०१४ र २०१५ मा ११,००० को ज्यान लियो । बाह्य मुलुकका नागरिकमा समेत यसको संक्रमण फैलिएपछि यो रोग विश्वभर फैलियो ।

मानवता विगतको कुनै समयभन्दा बढी महामारीको अघि निरह रहनेछ । आजका दिनमा मानवहरु सबैभन्दा बढी एकअर्कासँग जोडिएका छांै र मान्छे एकदम छिटो एक ठाँउबाट अर्को पुग्ने गर्छ । “हामी यात्रा गर्दा भाइरसहरु हामीसँगै प्रसार भइरहेको हुन्छ ।” ब्राण्डले भने ।

ह्याट्चेटले विज्ञहरु अझै जीका भाइरससँग जुदिरहेको कुराले खतराको स्तर मापन हुने बताए । दक्षिण अमेरिकामा सन् २०१५मा प्रकोप शुरु हुँदा वैज्ञानिकहरु नै अलमलमा परेका थिए ।

प्रलयको तयारी

विज्ञहरुले प्रकोपले पार्ने आर्थिक असरको बारेमा पनि चेतावनी दिएका छन् । सन् २०१५मा सयौँलाई मर्स स्वाशप्रस्वास संक्रमणले छोएपछि दक्षिण कोरियाले १० अर्ब डलर बेहोर्नु परेको थियो ।

माइक्रोसफ्टका संस्थापक तथा अर्बपति परोपकारी विल गेट्सले फेब्र्रुअरी २०१७ मा विश्वव्यापी महामारीको तयारीको मूल्य ३.४ अर्ब डलर पर्ने अनुमान गरेका थिए । महामारीको तयारी नहुँदै रोग फैलिए त्यसले अनुमानित ५७० अर्ब डलर क्षति पु¥याउने उनले बताए ।

गेट्स ‘महामारी तयारीको लागि खोजको सहकार्य’(सी.ई.पी.आई.)का प्रमुख लगानीकर्ता हुन् । यो सस्थासँग हाल ७० करोड डलरको कोष रहेको छ ।

सी.ई.पी.आई.ले हाल उपचार पत्ता नलागेका तीन भाइरसहरु– मर्स, पश्चिम अफ्रिकामा स्थानीय महामारी फैलिएको लास्सा ज्वरो र मलेशिया र बङ्गलादेश क्षेत्रमा फैलिएकोे निपाको उपचार विकास गर्न खोजिरहेको छ ।

“विश्व स्वास्थ संगठनमा हामी प्रलयको तयारी गरिरहेका छौं । हामी असरहरु सकेसम्म कम गर्न चाहन्छौँ,” ब्राइण्डले भने ।

विश्व स्वास्थ संगठनको अनुसार एउटा खोपको विकास गर्न छ महिना लाग्छ । त्यो समयसम्म रोग निक्कै फैलिन सक्छ । लण्डन स्कूल अफ हाइजीन एण्ड ट्रपिकल मेडिसिनका निर्देशक पिटर पाइओटका अनुसार एउटा खोपको विकास गर्न २० करोड खर्च हुन्छ । “यत्रो रकम औषधी उद्योगहरु खर्च गर्न चाहन्नन्” ह्याट्चेटले भने ।

दुःख लाग्दो कुरा ” महामारी नफैलेसम्म ति औषधीको बजार हुँदैन र जब महामारीले प्रकोपको रुप लिन्छ हामी सबै अस्तित्वमै नरहेको औषधी चाहन्छौँ ।”

एएफपी/ एजेन्सी

प्रकाशित मिति : २०७४ माघ १५ गते सोमवार