• २०७८ बैशाख ८ गते बुधवार
  • Preeti To Unicode

मापदण्ड विपरित संचालन गरेकाे भन्दै क्रान्तिकारीले दाङमा शैक्षिक संस्थाहरुमा तालावन्दी गर्याे


१५ माघ, तुलसीपुर ।

विप्लव निकट अखिल क्रान्तिकारीले सिटीईभिटीद्वारा सम्बन्ध प्राप्त तुलसीपुरका विभिन्न शैक्षिक संस्थाहरुमा तालावन्दी गरेको छ ।

सिटीईभिटीको मापदण्ड विपरित शैक्षिक संस्थाहरु संचालन भएको भन्दै क्रान्तिकारी विद्यार्थिे संगठनले सोमवार तुलसीपुरमा रहेका बिभिन्न शैक्षिक संस्थामा अनिश्चितकालका लागी तालावन्दी गरेको छ ।

तुलसीपुरमा सञ्चालनान आएका शान्ति दिप प्राविधिक शिक्षालय , हिलसाईट प्राविधिक शिक्षालय ,दिप शान्ति प्राबिधिक शिक्षालय ,मिड वेएस्ट प्राबिधिक शिक्षालय त्यस्तै राप्ती युनाईटेड लगाएतका शैक्षिसंस्थाहरुमा अनिश्चीतकालीन तालाबन्दी गरिएको विप्लप निकट क्रान्तिकारीका जिल्ला सदस्य तेज प्रसाद पोख्रेलले जानकारी दिएका छन ।

यसअघि क्रान्तिकारीले जिल्लामा संचालनमा आएका सिटीईभिटीद्वारा सम्बन्ध प्राप्त शैक्षिक संस्थाहरुलाई मापदण्ड अनुसार संचालनमा आउन पटक पटक अल्टिमेटम समेत दिएको त्यसका साथै बिभिन्न समयमा त्यस्ता कलेजहरुमा ज्ञापनपत्र समेत बुझाएको क्रान्तीकारीले बताएको छ ।

विद्यार्थि संगठनले गरेको मागको वेवास्ता गरेको भन्दै सिटीईभिटीद्वारा सम्बन्ध प्राप्त तुलसीपुरका बिभिन्न कलेजहरुमा तालावन्दी गरिएको र दोश्रो कार्यक्रममा दाङका घोराही, लमही लगाएतका क्षेत्रमा खोलिएका त्यस्ता शैक्षिक संस्थाहरुमा तालावन्दी गरिने कार्यक्रम रहेको विप्लव निकट क्रान्तीकारीले बताएको छ ।

यस्ता कलेजहरुले ३ देखी ६ महिनमा पुराहुने कोर्षलाई १५ महिना सम्म संचालन गर्दे आएको ३० देखी ५० हजार सम्म सकिने कोर्षलाई डेढलाख सम्म लिने गरेको , तोकिएको मापदण्ड अनुसार भौतिक संरचनाहरु नभएको , शैक्षिक समाग्री, प्रयोगशालाको उचित व्यवस्था समेत नभएको भन्दै आफुहरुले यस्ता कलेजहरुले माग पुरा नगरेसम्म तालावन्दी गर्ने आन्दोलनको नेतृत्व गरिरहेको विप्लव निकट क्रान्तिकारीले बताएकोे छ ।

आफ्नो संगठनले विद्यार्थीहरुको हक हितका लागि उठाएको मुद्दामा सम्बन्धीत निकाय जिम्मेबार नभए सम्म तालावन्दी नखोल्ने र शसक्त आन्दोलन गरीने चेतावनी समेत दिइएको छ । प्रकाश डाँगी/तुलसीपुर

प्रकाशित मिति : २०७४ माघ १५ गते सोमवार