• २०७७ असोज ८ गते बिहिवार
  • Preeti To Unicode

ओलीकाे व्यवसायीलाई भने- सरकार बनेको दिन दीपावली मनाउनुस्


माघ १५, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यवसायीहरुलाई नयाँ सरकार बनेको दिन दीपावली मनाउन सुझाव दिएका छन् ।

नेपाल चेम्वर अफ कमर्शका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई बधाई दिन आयोजित कार्यक्रममा एमालेका अध्यक्ष ओलीले नयाँ सरकार बनेको दिन दीपावली मनाउन सुझाव दिएका हुन् ।

एमाले अध्यक्ष ओलीले शेयर बजार नियतवस गिरावट ल्याएर वामपन्थीलाई पत्याएन भन्ने पारिएको भन्दै अावेशमा आएर काम नगर्न आग्रह गरे । उनले विकास आफ्नो पार्टीको उद्देश्य भएको बताउँदै सरकार बनेको दिन व्यवसायीले दीपावली मनाए हुने बताए ।

प्रकाशित मिति : २०७४ माघ १५ गते सोमवार