माघ १६, बुटवल ।
संसद बैठकमा सांसदहरुले प्रायः टेबल ठोकेर प्रस्तावको समर्थन र विरोधमा मत जाहेर गर्ने गर्छन् । तर, प्रदेश ५ का सांसदले भने त्यो मौका नपाउने भएका छन् ।
आजको अन्नपूर्ण पोस्टमा खबर छ- सांसदको बैठकस्थल निर्माणमा भएको ढिलाइले यस प्रदेशका सांसदका लागि कुर्सीअगाडि टेबल राख्न नसकेपछि उनीहरु सो सुविधाबाट बञ्चित भएका हुन् ।
प्रदेश ५ का सांसदले पहिलो बैठक सपथग्रहणमा जस्तै सामान्य कुर्सीमा बस्नुपर्ने भएको हो