• २०७७ कार्तिक ८ गते शनिवार
  • Preeti To Unicode

विश्कै कान्छा निर्देशक सौगातको ‘हैरान’ रिलिज मिति सार्वजनिक


माघ १६, काठमाण्डाैँ । 

चलचित्र ‘हैरान’ आउदो वर्षको जेठ ४ गते रिलिज हुने भएको छ । पहिलो पटक चलचित्र ‘लभ यु बाबा’ निर्देशन गरेर विश्कै कान्छा निर्देशक बन्न सफल सौगात बिष्टले निर्देशन गरेको यो चलचित्र २०७५ सालको जेठ ४ मा रिलिज हुने भएको हो । राजधानीका लागि माधव वाग्ले र मोफसलका लागि मनोज राठीसंग चलचित्र वितरणको सम्झौता भएको चलचित्रकी कार्यकारी निर्माता सम्झना पोखरेलले बताएकी छिन ।

कमेडी जनरामा तयार पारिएको चलचित्रमा गायक सत्यराज आचार्य, गजित विष्ट, मोहमद वसिम राजा, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, एन्जल राई, सागर लम्साल, आरोही शर्मा लगायतका कलाकारले अभिनय गरेका छन् । डान्स फेभरको ब्यानरमा निर्मित चलचित्रका मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई.एल. लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन ।

चलचित्रमा कथा तथा कोरियोग्राफी गम्भीर बिस्ट, द्वन्द चन्द्र पन्त, संगीत सत्यराज आचार्य, स्वरूपराज आचार्य, किरण कडेल, राजन इशान र सन्तोष श्रेष्ठका रहेका छन् ।

प्रकाशित मिति : २०७४ माघ १६ गते मङ्गलवार