लेकाली अनलाइन
माघ १६, सल्यान ।
दुर्गन्धित देखिन थालेकाे सल्यानकाे श्रीनगर बजारलार्इ सरसफार्इ गरिएकाे छ ।
सफा, स्वच्छ र सुन्दर शारदा नगरपालिका बनाउने एउटा नविन अभियानका साथ अाज श्रीनगर बजारलार्इ सरसफार्इ गरिएकाे हाे । बजारकाे बिभिन्न चाेक तथा सडकहरु र विषेश गरि धेरै फाेहाेर देखिने सुकेखाेलामा रहेकाे फाेहाेरलार्इ संकलन गरेर व्यबस्थापन गरिएकाे छ ।
सरसफार्इ अभियानकाे अायाेजना होटल व्यवसायी संघ सल्यान गरेकाे थियाे । जसकाे लागी अार्थिक सहयोग शारदा नगरपालिका सल्यान, SNV, Pass Nepal, USAID , सुहाआरा फोहोर मलाई केन्द्र , मिसन टु डेभ्लप कम्युनिटी लगाएतका संघ सस्थाहरुले गरेका थिए ।
अभियानमा नेपाली अार्मी, नेपाल पुलिस, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधिहरु, बजारबासी र विध्यार्थीहरु गरि करीब ५ सय काे उपस्थिती रहेकाे थियाे । उनिहरुले शारदा नगरपालीकाकाे गाडी प्रयाेग गरेर फाेहाेर उठाएर सहि ठाउँमा ब्यबस्थापन गरेका हुन् । अभियानमा जिल्ला संमाेनय समिती सल्यानका प्रमुख केष बहादुर विष्ट, शारदा नगरपालीका सल्यानका प्रमुख सुरेश अधिकारी लगाएतकाे उपस्थिती रहेकाे थियाे ।
सुइरो अभियान गरेर बजारलार्इ सरसफार्इ गरिएपछि विगतकाे केहि दुर्गन्धीत श्रिनगर बजार भन्दा अाज सुन्दर देखिएकाे छ । याे अभियान अझै जारी रहने फाेहाेर मलार्इ केन्द्र सल्यानका सरसफार्इ निरिक्षक डम्बर थापाले जानकारी दिएका छन् ।