• २०८० मङ्सिर १९ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानको विभिन्न ठाउँमा शहिद दिवस, यसरी मनाइयो (फोटोफिचर सहित)


लेकाली अनलाइन 
माघ १६, सल्यान । 

प्रजातन्त्र स्थापनाको लागि र विभिन्न कालखण्डमा जीवन उत्सर्ग गरेका शहीदहरुको सम्झना गर्दै आज सल्यान लगायत देशभर शहीद दिवस मनाइएको छ ।

सल्यानमा छत्रेश्वरी गाउँपालीका २ बुराँसेमा रहेको जनता माध्यामीक विद्यालयमा शहिदहरुको तस्विरमा टिका र माला लगाई शहीद दिवस मनाइएको छ ।

विद्यालयको आयोजनामा भएको कार्यक्रममा विद्यालयको शहिद स्मृती अक्षकोषका स्थापक शहिदहरु खला केसी, मोतिराम बस्नेत, चक्र बहादुर बस्नेत, बल बहादुर बस्नेत, मुक्त बहादुर योगीको तस्विरमा माल्यापन गरिएको हो । उनिहरु तत्कालिक जनयुद्धका क्रममा मारिएका थिए ।

उनिहरुको परिवारहरुलाई र विध्यालयका सेवा क्षेत्र भित्रका परिवारजनहरुलाई पनि दोसल्ला ओडाएर विद्यालयले अभिनन्दन गरिएको छ ।

साथै राष्ट्रिय शहिदको सम्झनामा पनि विद्यालयले विर शहित अमर रहुन, शहित दिवस मनाउछौ—मनाउछौ भन्ने नाराका साथ माध्यामीक तहमा विद्ययार्थीहरु बिच वक्तित्वकला सम्पन्न गरेको छ । त्यस्तै प्राथामीक तहमा हाजीर जवाफ, अभिभावकमा पुरुष तर्फ तातोआलु र महिला तर्फ कुर्सि डौड प्रतीयोगीता भएको छ ।

विध्यालय व्यवस्थापनका अध्यक्ष चित्रबहादुर केसी अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक भोला प्रसाद ओलीले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रमको संचालन  शिक्षक भद्रबिर ओलीले गरेका थिए । साथै प्रधानध्यापक लालसिंह ओलीले विध्यालयको भावि योजनाका बारेमा प्रस्ट्याएका थिए ।

तस्विरमाः जनता माध्यामीक विद्यालय बुराँसे ।

उता बागचौर नगरपालीका ९ पातिहाल्नको पलाटुनचौरमा रहेको शहिदहरुको स्मारकमा टिका र माला लगाई शहीद दिवस मनाईएको छ ।

सहिदस्मृति समाज र नैतिक पाठशाला विद्यालयको संयुक्त आयोजनामा प्लाटूनचौरमा निर्माण गरिएको सहिदस्मारकमा माल्यार्पण गरिएको हो ।

सो स्थानमा जनयुद्धका क्रममा मारिएका ६ जना सहिदको शालिक राखिएको छ । जसमा गणेश शर्मा, दुर्गा ओली, ओमप्रकाश चन्द, प्रेमबहादुर ओली, नवीना बस्नेत र सुरेन्द्र ओलीको शालिक रहेको छ ।

सो अवसरमा सहिदस्मृति समाजका अध्यक्ष धनेन्द्रविमल ओली र नैतिक पाठशाला विद्यालयका प्रिन्सिपल सूर्यप्रकाश हमाल बोलेका थिए ।

 तस्विरमाः बा.न.पा. ९ पातिहाल्नको पलाटुनचौर ।

यसैबिच पश्चिम सल्यानबाट दुर्गा विसीले पठाएकाे खबर अनुसार- सहिद दिवसको अवसरमा बन्गाड कुपिण्डे नगरपालीका १ सल्यानमा रहेको कृष्ण वोडिङ स्कुल देवस्थलले वजारको सरसफाई गरेको छ ।

आफ्नो घर आगँन, नाली सफा राखौं र वजारलाई सुन्दरता निमार्णमा सहयोग पुर्यौ भन्ने मुल नारा तथा पेले कार्ड बोकेका विद्यार्थीले वजारको सरसफाई समेत गरेका छन् । सहिद दिवसमा विद्यालयले देवस्थल,सल्लीवजार लगाएतका स्थानमा पुगेर विद्यार्थीले सरसफाई गर्नुका साथै फोहर व्यवस्थापनमा वजार वासिको महत्वपुर्ण भुमिका रहेकोले वजारलाई सफा र सुन्दर राख्न आह्वान गरेका छन् ।

कृष्ण वोर्डिग स्कुलका प्रिन्सीपल भिम अधिकारीका अनुसार कक्षा ६ देखि माथिल्लो कक्षाका विद्यार्थीलाई सो कार्यक्रममा सहभागि गराएको जनाएका छन् । विद्यार्थीले वजारलाई फोहर मुक्त शहर निमार्ण गर्न सरोकारवाला सवैलाई चेतना हुने हेतुले व्यानर हातहातमा पेले कार्ड वोकेको देख्दा स्थानीय खुसि वनेका छन् ।

  तस्विरमाः कृष्ण वोडिङ स्कुल देवस्थलका विद्यार्थी र गुरुहरु ।

प्रकाशित मिति : २०७४ माघ १६ गते मङ्गलवार