• २०७७ कार्तिक ८ गते शनिवार
  • Preeti To Unicode

एमाले बैठकमा चर्काचर्की, अाेलीकाे यस्ताे प्रस्तावले खनाल बिस्फाेट


माघ १६, काठमाडौं ।

नेकपा एमालेकाे बैठकमा पार्टीभित्रै चर्काचर्की चलेकाे छ । सरकार गठनसँगै राष्ट्रपति नयाँ बनाउने कि हालककै राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोहोर्याउने भन्ने विषयमा विवाद उत्पन्न भएसँगै नेताहरुबीच चर्काचर्की चलेको हाे । 

मंगलबार बसेको स्थायी समितिको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा भण्डारीलाई नै निरन्तरता दिनुपर्ने प्रस्ताव राखेपछि विावाद सुरु भएको हो । एमालेका एक स्थायी समिति सदसयका अनुसार बैठकमा अध्यक्ष ओलीले सो प्रस्ताव राख्नासाथ बरिष्ठ नेता झलनाथ खनालले ठाडै अस्विकार गर्दै एकै व्यक्तिलाई दोहोर्याउन नहुने अडान लिए ।

आफूलाई राष्ट्रपतिको दाबेदारको रुपमा आफूलाई प्रस्तुत गर्दै आएका खनालले बैठकमा ओलीको प्रस्ताव गर्न नपाउँदै उनले त्यसको विरोध गर्दै निर्णय नगर्दासम्म सशक्त प्रतिवाद गर्नेसम्मको संकेत दिएको स्रोतको दाबी छ ।

तर ओलीको सो प्रस्तावबारे अर्का बरिष्ठ नेता माधव कुमार नेपाल भने मौन देखिए । स्थायी समिति सदस्यका अनुसार नेता नेपालले ओली र खनालको चर्काचर्की सुने तर केही बोलेनन् ।

प्रकाशित मिति : २०७४ माघ १६ गते मङ्गलवार