माघ १७, सल्यान ।
सल्यानमा अाएका नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रिय सदस्य बलबहादुर अाेली (शितल)ले अहिलेको बाम गठबन्धनले समाजवाद ल्याउछौ भनेपनि उनिहरुमा पुजिवादकाे पाेकाे भरिएकाे बताएका छन् । उनले पुजीवादीहरुले भरिएकाे पार्टी भनेर बाम गठबन्धनलार्इ इंकित समेत गरेका छन् ।
ने.क.पा. सल्यानको कपुरकोटमा भएको बैठकलाई सम्बोधन गर्दै उनले बाम भनेर जनतालाई ढाँटिरहेका दलहरुले समाजवादको व्यवस्था ल्याउछौ भनेर पुजिवादको पक्षपोषण गरिरहेकोले उनिहरुलार्इ जनताले नै तह लगाउनुपर्ने बताएका छन् । सितलले पुजिवादको गर्भमा समाजवादी व्यवस्था नआउने समेत दावि गरेका छन् ।
पुजीवादीहरुको झुण्ड भएकाले जनतामा कुनै उपलब्धी नदिने भन्दै उनले जनतालाई एक बनाएर कम्युनिष्ट विचारधारामा आकर्षित गर्न कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।
पार्टीका जिल्ला सचिव लोकपाल केसीको अध्यक्षतमा भएको बैठकमा जिल्ला इन्चार्ज डिल्लीराज शर्माको पनि उपस्थिती रहेको थियो ।
बैठकले पार्टी केन्द्रको ३ महिने एकिकृत जनजागरण अभियानलाई व्यापक बनाउने भन्दै विभिन्न निर्णय गरेको पार्टीका जिल्ला सचिवालय सदस्य भद्र डिसीले टाइगरले जानकारी दिएका छन् ।