माघ १७, सल्यान ।
सल्यानको बागचाैर नगरपालिका भित्र बिरामी बोक्ने स्टेचर नहुदाँ स्थानीयहरु छत्रेश्वरी गाउँपालीकाबाट भाडा तिरेर स्टेचर ल्याउन बाध्य भएका छन् । बिरामी बोक्न स्टेचरको समेत भाडा तिर्नु परेको भन्दै उनिहरुले गुनासो पनि गरेका छन् ।
छत्रेश्वरी गाउँपालीका सँग सिमाना जाेडिएकाे बागचाैर नगरपालिका वडा नम्बर ९ का स्थानीयहरुले बिरामी बाेक्ने स्टेचर नहुदाँ अर्काेकाे गाउँपालीकाबाट भाडा तिरेर प्रयोग गर्ने गरेकाे बताएका छन् ।
दुई सय रुपैँया भाडा तिरेर स्टेचरको प्रयोग गरेको बागचौर नगरपालिका वडा नम्बर ९ बथानका पबिता कुमारी शर्माले बताइन । ‘हाम्रो टोलमा भएको स्टेचर पुरानो भएर जिर्ण रहेकाे छ, गर्भबतीलाई सुत्केरी बनाउन स्वास्थ्य संस्थासम्म लैजान अन्य कुनै साधन भएन, दुई सय रुपैँया भाडा तिरेर पनि स्टेचरमा बोकेर स्वास्थ्य संस्था पु¥यायौँ’– उनले भनिन ।
उनले आफ्नो टोलमा स्टेचर नहुदाँ क्षत्रेश्वरी गाउपालिका वडा नम्बर १ बाट स्टेचर लिएर प्रयोग गरेको बताइन ।
यसैबिच बागचौर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष तथा स्वास्थ्य चौकी ब्यबस्थापन समितीका अध्यक्ष रोमु शाहीले यसै आर्थिक बर्षमा हरेक टोल टोलमा पुग्ने गरी स्टेचर खरिद गर्ने प्रतिबद्धता जनाएका छन् ।
संकेतिक तस्विरः बागचाैर र छत्रेश्वरीकाे सिमाना छुट्याउने जलेखर्क ।