• २०८० मङ्सिर २१ गते बिहिवार
  • Preeti To Unicode

दाङमा गाउँपालीका प्रमुख र उपप्रमुखबीच गाडी चढ्नलार्इ हानथाप !


माघ १८, दाङ । 

दाङकाे गढवा गाउँपालिकाकी उपप्रमुख शान्ति चौधरी गाउँपालिका न्यायिक समितिका संयोजक पनि हुन् ।

आजको नागरिक दैनिकमा खबर छ-न्यायिक समितिमा आउने हरेक मुद्धा छिनोफानोको जिम्मेवारी लिएकी शान्तिलाई मुद्धा मिलाउनकै लागि विकट वडामा पुग्नैपर्छ ।

यतिमात्रै हैन, विभिन्न कार्यक्रमका लागि उनलाई विभिन्न स्थानबाट आमन्त्रण गरिन्छ । उनी भन्छिन् सवारीसाधन अभावमा कैयन् काममा पुग्न सकिएको छैन ।

गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ति चौधरी भन्छिन् गाडी माग्दा अध्यक्षज्युले जहिल्यै छैन भन्नुहुन्छ तर गडी आफ्नै घरमा राख्नुहुन्छ । गाउँपालिकाको एउटा गाडी छ ।
तर त्यो गाडी उनको कामकाजका लागि कहिल्यै प्रयोगमा आउँदैन ।

प्रकाशित मिति : २०७४ माघ १८ गते बिहिवार