लेकाली अनलाइन
माघ १८, सल्यान ।
सल्यान छत्रेश्वरी गाउँपालीले हिजो गरेको निर्णय प्रति सल्यानका विद्यार्थी संगठनहरुले त्यसको विरोध गरेका छन् ।
गाउँपालीका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा गाउँपालीका भित्रका विभिन्न विद्यालयका प्रधानध्यापकहरुको संयुक्त बैठकले विभिन्न विद्यार्थी संघ तथा संगठनहरुलाई विद्यालय प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि सल्यानका दुई (क्रान्तिकारी) विद्यार्थी संगठनहरुले त्यसको विरोध गरेका हुन् । प्रचण्ड निकटको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९क्रान्तिकारी० सल्यान र विप्लप निकटको अखिल क्रान्तिकारी सल्यानले आज छुट्टा छुट्टै प्रेस विज्ञप्ती निकालेर विरोध गरेका छन् ।
युनियन क्रान्तिकारीका चेतन गिरी र क्रान्तिकारीका भुम प्रकाश भण्डारीको छुट्टा छुट्टै हस्ताक्षेर विज्ञप्तीमा एउटै भाषामा भनिएको छ— “जहाँनिया राणा शाषण र निरङ्कुस पन्चायती ब्यबस्थाको झझल्को दिनेगरी विद्यार्थी संघरसंगठनलाई विद्यालय प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय गलत हो ।” “यस्ता निर्णयहरू सँग इतिहासमा कुनै पनि विद्यार्थी झुकेको छैन् । यस्तो निर्णय तत्काल खारेज गर्न छत्रेश्वरी गाउँपालीका सँग माग गर्दछौ ।” विज्ञप्तीमा लेखिएको छ ।
त्यस्तै नेकपा एमाले निकटकाे अनेरास्ववियु जिल्ला कमिटी सल्यानले पनि विराेध गरेकाे छ । अध्यक्ष राम बहादुर केसीकाे हस्ताक्षेर विज्ञप्ती मार्फत विराेध जनाइएकाे छ ।
यस्ता छन् तिन संगठनका प्रेस विज्ञप्तीहरु
यता छत्रेश्वरी गाउँपालीका प्रमुख सन्तोष केसीले यो निर्णय गाउँपालीका भित्रका प्रधानध्यानहरुले गरेको तर यसमा आफ्नो नैतिक समर्थन रहेको बताएका छन् ।
उनले निर्णयमा कक्षा १ देखि कक्षा १२ सम्मलाई भनिएपनि यो कक्षा १० सम्म लागु हुने बताएका छन् । कक्षा १० सम्मका विद्यार्थीले राम्रो सँग पढ्न पाउनु पर्ने भन्दै विद्यालयलाई शान्ती क्षेत्र बनाउन यो निर्णय गरिएको उनले बताएका हुन् ।
उनले भने “कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीहरु कुनै पार्टीको प्रचारप्रसार वा संघ र संगठनहरुमा नलागेर राम्रोसँग पढ्नु पर्छ । १० पास गरेपछि जुनसुकै संगठन वा पार्टीमा गएपनि हामिलाई मतलब छैन् । तर १० कक्षा सम्मको विद्यार्थीहरुलाई संघरसंगठनहरुमा सहभागी र समिती बनाउन दिइने छैन्”
यस्ता छन् गाउँपालीकाको बैठकमा गरिएका निर्णयहरु