• २०७७ असोज १० गते शनिवार
  • Preeti To Unicode

ओमान नेपालसंग पर्यटनको सम्झौता गर्न तयार


मलेशिया

01/02/2018

लेकाली अनलाइन संवाददाता 

ओमनका पर्यटन मन्त्री अहमिद विन नासिर विन हमिद अल महरिजीले नेपालको पर्यटन बिकास र आपसी सहकार्यको लागि द्विपक्षीय सम्झौता गर्न ओमन तयार रहेका वताएका छन् ।
ओमनका लागि नेपाली राजदूत समिला पराजुली ढकालसँग बुधवार भएको द्धिपक्षीय भेटमा मन्त्री महरिजीले यस्तो वताएका हुन् ।
‘दुवै देशको पर्यटन उद्योगको विकास र द्विपक्षीय सहकार्यका लागि पर्यटन सम्झौता गर्न तयार छौं,’ मन्त्री महरिजीको भनाई उदृत गर्दै राजदूत ढकालले भनिन्,‘यसवाट जनताको तहसम्म सम्बन्ध बिकास, सस्कृति साटासाट, पर्यटन कलेज र अध्ययन संस्थानहरुको बिकास गर्न सकिन्छ ।’

मन्त्री महरिजीले नेपालीको सामाजीक आर्थिक बिकासको लागि ओमनी सहयोग र सहकार्य गर्न सधै तयार रहेको वताए ।राजदूत ढकालले द्विपक्षीय सहकार्यबाट दुवै देशको पर्यटन उद्योगलाई अगाडि बढाउन सकिनेमा जोड दिएकी वताएकी थिइन् ।कान्तिपुर बाट

प्रकाशित मिति : २०७४ माघ १८ गते बिहिवार