दुर्गा वि.सी.
माघ १८, सल्यान ।
सल्यानको सल्लीवजार देखि रुकुम चौहरजारी सडक खण्डको नाथेखोला बन्गाड खोलामा निमार्णधिन पक्कीपुलको अबरुद्ध काम सञ्चालन हुने भएको छ ।
बन्गाड कुपिण्डे नगरपालीकाका मेयर गोविन्द कुमारको पुनको विशेष पहलमा निमार्ण कम्पनी, जग्गा मुआव्जा पिडित पक्ष, सडक डिभिजन कार्यालय दाङ लगाएतलाई नगरप्रमुखले पटक पटकको सहमति गराउने प्रयास असफल भए पनि अन्त्यमा आएर सहमती हुन पुगेको छ ।
१ वर्ष देखि पुलको अबरुद्ध कामकाज १ हप्ता भित्र सञ्चालन गर्ने गरि वडा ५ का वडा अध्यक्ष कमल वि.कको अध्यक्षतामा राजनैतिक दल,स्थानीयवासि,निमाणर््ा कम्पनीका प्रतिनीधी,डिभिजन इन्जीनीयर नर वहादुर चन्द र जग्गा मुआव्जा पिडित पक्ष विच पुलको काम सुचारु गर्ने सम्वन्धमा नाथेखोलामा भेलाको आयोजना गरिएको थियो । अवरुद्ध पक्की पुलको काम यथासक्य सञ्चालन गर्न मेयर पुनले सवैलाई आग्रह समेत गर्नु छ । हरिहरि जेभि निमार्ण सेवाले लिएको पुलको ठेक्को काम सम्पन्न मिती भने २०७४ पौष मसान्तमा सकिएको छ ।
जेभिले ४ करोड १७ लाखमा पुल निमार्णको गर्ने गरेरे डिभिजनसँग सम्झौता गरेको थियो । विकासका जुनसुकै कामकाजमा अवरुद्ध सिर्जना नगर्न उहाँले बन्गाड कुपिण्डे वासिलाई अनुरोध समेत गर्नु भएको छ । विकासको गतिले पछि परेको र पहुँछको हिसावले अपहेलीत यो पश्चिम वन्गाड सल्यानलाई सक्नुहुँछ सहयोग गर्नुहोस सकिदैन भने असहयोग नगर्न मेयरको भनाई रहेको छ ।
बन्गाडका हरेक विकासे काममा यहाँका नागरिकले खोचे थाप्ने भएकाले कामले गति लिन सकिरहेको छैन ।
संकेतिक फाेटाे फाइल