• २०८० मङ्सिर १५ गते शुक्रवार
  • Preeti To Unicode

“सल्यानमा उत्पादित तरकारी र फलफुल ढुक्कसँग खानुहाेस्” ! यस्ताे छ फाइदा


माघ १८, सल्यान । 

सल्यानमा उत्पादित तरकारी र फलफुल ढुक्कसँग खान  वरिष्ठ कृषि विकास अधिकृत अमर राज शर्मा घिमिरेले अाग्रह गरेका छन् ।

अाज श्रीनगरमा भएको उपभोक्ता हित सम्बन्धी छलफल एवं अन्तरक्रिया कार्यक्रममा उनले सल्यानमा उत्पादित तरकारी र फलफुल खाँदा नडराउन उपभोक्तालाई अनुरोध गरेका छन । सल्यानमा प्रांगारीक खेती प्रणालीले मात्रै उत्पादनमा वृद्धि गर्न नसकिएको भन्दै मिलाइएर प्रयोग गरिएको विषादीबाट डराउन नहुने उनले बताएका हुन ।

जिल्लामा उत्पादित तरकारी र फलफुलमा कुनै शंका नमानेर प्रयोग गर्ने उपभोक्तालाई जिल्ला बाहिर र देश बाहिरबाट आएका हरेक खाद्यन्नलाई प्रयोग गर्दा ध्यान दिन उनले अनुरोध गरेका छन् । जिल्लामा तरकारी मात्रै हैन चामल, दाल, जिरा, तेल जस्ता चिजमा पनि मिसावट भएको हुनसक्ने भएकाले सजग रहन घिमिरेले सबैलार्इ अनुरोध गरेका थिए ।

उनले किसानहरुको व्यावसायीक सुरक्षाका लागि उनिहरुले विमा गर्न जरुरी रहेको भन्दै किसानलाई सहुलियत दरमा व्याज ऋण उपलब्ध गराइनुपर्ने समेत बताएका छन ।

आपुर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको सहयोगमा उपभोक्ता अधिकार अनुसन्धान मन्चको आयोजनमा भएको कार्यक्रममा बोल्नेहरुले सबै व्यक्ती उपभोक्ता भएकाले यसलाई विशेष ध्यान दिएर जानुपर्ने बताएका छन ।

कार्यक्रमलाई सम्बोधनका क्रममा शारदा नगरपालिका उपप्रमुख सावित्रा बस्नेतले उपभोक्ताको अधिकारको कुरा गर्दा अनुगमन गर्नुपर्ने तर दक्ष जनशक्तिका साथ गर्नुपर्ने बताएकी छन । मानिस समाजमा केहि दिनलाई आएकाले सबैले समाजमा केहि न केहि दिएर जानुपर्ने बताएकी हुन ।
कार्यक्रमलाई सम्बोधनका क्रममा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले अधिकारको कुरा गर्नेहरुले कर्तव्यको पालन गर्नुपर्ने भन्दै हरेक कुरालाई सकारात्मक तवरले बुझेर सुधार गर्दै जानुपर्ने बताएका छन । उनले आफु माताहतका कर्मचारीले कुनै न कुनै बहानामा सयपचास रुपैयाँ मागे तत्काल आफुलाई रिपोर्ट गर्न भनेका थिए ।

त्यस्तै उद्योग विकास अधिकृत प्रदिप न्यौपानेले उपभोक्तालाई ठग्नेहरुलाई कानुनी कार्वाहि गर्नुपर्ने बताएका थिए ।

स्थानिय तहका वडा अध्यक्षहरु, होटल व्यवसायी, उद्योग वाणिज्यसंघ तथा अन्य सरोकारवालाको सहभागिता रहेको कार्यक्रममा सहभागिले जनस्तरसम्म जनचेतना जगाउन जरुरी रहेको बताएका थिए ।

मञ्चका केन्द्रिय अध्यक्ष माधव तिमल्सेनाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन जिल्ला अध्यक्ष प्रतिक इच्छुक शर्माले गरेका थिए भने सहभागिलाई दागका जिल्ला अध्यक्ष गोपाल शर्माले स्वागत गरेका थिए ।

प्रकाशित मिति : २०७४ माघ १८ गते बिहिवार