• २०७७ कार्तिक ६ गते बिहिवार
  • Preeti To Unicode

काभ्रे पुगेका प्रचण्डले प्रदेश ३ को राजधानी काभ्रेमै भनेर आश्वासन दिए


माघ १८, काभ्रे । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रदेश नम्बर ३ को राजधानी काभ्रे हुन सक्ने बताएका छन् ।

अाज काभ्रेको महाभारत गाउँपालिका पुगेका प्रचण्डले अहिलेको सरकारले तोकेको राजधानी अस्थायी भएको भन्दै काभ्रेवासीलाई प्रदेश ३ को राजधानी काभ्रेमै हुनसक्ने आश्वासन समेत दिएका छन् । उनले आवश्यकता अनुसार प्रदेशसभा सरकारले काभ्रेमै राजधानी बनाउन सक्ने बताएका हुन् ।

प्रचण्डले एमाले र माओवादीबीच केही दिनमै पार्टी एकता गरेर नयाँ संदेश दिने बताएका छन् । उनले प्रतिक्रियावादीहरुको योजना विफल बनाउन आफुहरु लागेको भन्दै जनतालाई नयाँ संदेश दिनेगरि पार्टी एकता हुने खुलासा गरे ।

उनले ७० वर्षदेखि अहिलेसम्म यस्तै प्रतिक्रियावादीहरुले देशलाई अगािड बढ्न नदिएको भन्दै अब उनीहरुको योजना सफल हुन नसक्ने दावी गरे । ’वाम एकता रोक्न प्रतिक्रियावादीहरु सल्बलाएका छन्,’ उनले भने, ‘हामी केही दिनमै पार्टी एकता गरेर नयाँ संदेश दिन्छौं ।’

यसअघि पनि नेपालगञ्ज पुगेका प्रचण्डले प्रदेश नम्बर ५ काे राजधानी नेपालगञ्ज हुनुपर्छ भनेर आश्वासन दिएका थिए ।

प्रदेश नं. ५ को राजधानी नेपालगञ्ज हुनुपर्छः प्रचण्ड

माघ १२, नेपालगन्ज ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालगञ्जमा गएर प्रदेश नम्बर ५ को राजधानी हुनुपर्छ भन्दै भाषन गरेका छन् ।

बिहिबार देखि नेपालगन्जमा सुरु भएको प्रादेशिक महोत्सवको उद्घाटन गर्दै उनले नेपालगन्जलाई कुनै पनि हालतमा पछि पर्न नदिइने प्रतिवद्धता व्यक्त गर्दै प्रादेशिक राजधानी बनाउन पहल गर्ने बताएका हुन् । प्रदेश नम्बर ५ को राजधानी नेपालगन्ज हुनुपर्छ भन्ने बाँकेबासीको माग शीर्ष नेतृत्वसमक्ष राख्ने उनले आश्वासन दिएका छन् ।

बाँकेबासीले मुलुक परिवर्तनका सवालमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनले बाँकेबासीलाई न्याय दिलाउने अठाेर गरेका छन् । अहिले तोकिएको मुकाम अस्थायी मात्र भएको र प्रदेशसभाले स्थायी राजधानी तोक्ने भन्दै उनले यदि नेपालगञ्ज राजधानी नभए मन्त्रालय र ठूला कार्यलय राख्न पहल गर्ने पनि दावब गरेका छन् ।

प्रचण्डले मुलुकमा कम्युनिष्टहरुको बलियो केन्द्र बनाउने उद्देश्यले बाम एकता भएको पनि बताएका छन् ।

प्रकाशित मिति : २०७४ माघ १८ गते बिहिवार