• २०७७ कार्तिक १२ गते बुधवार
  • Preeti To Unicode

भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आएकै दिन नेपालको अदुवा अवरोध खुला


माघ १८

सल्यान:भारतले नेपालको अदुवा निकासीमा लगाइएको अवरोध खुला गरेका छन् । वाणिज्य मन्त्रालयका प्रवक्ता रविशंकर सैंजुले भारतले अदुवा निकासीलाई तत्कालका लागि खुला गरेको जानकारी दिएको छ ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आएकै दिन अदुवा निकासी खुला गरिएको छ। नेपालको अदुवा निकासीको अवरोध हाललाई खुला गर्ने जानकारी भारतीय पक्षबाट आएको छ,’ उनले भने । यद्यपि, यो दीर्घकालीन समाधान भने नभएको उनले जनाकारी दिएको हो।भारतीय आयातकर्ताले नेपालबाट अदुवा आयात गर्दा प्रमाणपत्र लिने व्यवस्थालाई अनिवार्य गरेसँगै नेपालको अदुवा निकासी ठप्प भएको थियो । ‘हाललाई उक्त आयात प्रमाणपत्रमा केही रिल्याक्स गरेको छ,’ यसको स्थायी समाधान भने आसन्न भारतमा हुन गइरहेको अन्तरसरकारी बैठक (आईजीसी) मा गरिने उनले बताए ।

अदुवा निकासीको समस्या समाधानका लागि बुधवार नेपाली र भारतीय पक्षबीच छलफल भएको थियो । त्यसलगत्तै बिहीवार भारतीय पक्षबाट तत्कालका लागि समस्या समाधान भएको जानकारी गराएको मन्त्रालयले जनाएको छ । यससँगै भोलिदेखि नै अदुवा निकासी सहज हुने मन्त्रालयले बताएको छ ।

प्रकाशित मिति : २०७४ माघ १८ गते बिहिवार