• २०७७ कार्तिक १२ गते बुधवार
  • Preeti To Unicode

रेडियो प्रकृतीका सम्पादक गणेश आचार्यमाथी दुव्र्यवहार, क्यामेरा खोसियाे


माघ १८, तुलसीपुर

राप्ती अञ्चल अस्पतालका शाखा अधिकृत नीमबहादुर वलीले सामुदायिक रेडियो प्रकृतीका सम्पादक गणेश आचार्यमाथी दुव्र्यवहार गरेका छन् ।

योग्यता नपुगेका स्वास्थ्यकर्मी कार्यरत भएको विषयमा आज समाचार संकलनका लागि गएका आचार्यलाई वलीले दुव्र्यवहार गरेका हुन् । वलीले पत्रकारले समाचार लेखेर अपस्ताल बिगारेको आरोप लगाउँदै आफ्नो कार्यकक्षबाट बाहिर निकाल्नुका साथै क्यामेरा खोसेका थिए ।

रेडियो प्रकृतिका सम्पादक पत्रकार आचार्य जनता टेलिभिजनका दाङ सम्वादाता समेत हुन् । आचार्यमाथि दुव्र्यवहार भएको घटनामा पत्रकार महासंघ दाङ शाखाले आज विज्ञप्ती निकालेर आपत्ती जनाएको छ ।

अध्यक्ष सविन प्रियासन र सचिव भुपेन्द्र वलीद्धारा हस्ताक्षरित विज्ञप्तिमा घटना प्रती खेद प्रकट गर्दै यस्ता घटना नदो¥याउन र पत्रकारलाई स्वतन्त्र रुपमा समाचार संकलन गर्न दिन भनिएको छ ।

प्रकाशित मिति : २०७४ माघ १८ गते बिहिवार