• २०७८ बैशाख ३१ गते शुक्रवार
  • Preeti To Unicode

कपुरकोट गाउँपालिकाले ताेक्याे कक्षा ८ को वार्षिक परीक्षा मिति


शंकर के सी
सल्यान, १८ माघ ।
सल्यानको कपुरकोट गाउँपालिकाले यस वर्षको कक्षा ८ को वार्षिक परीक्षा आगामी चैत्र ८ गतेबाट सञ्चालन गर्ने भएको छ ।

संविधानले विद्यालय शिक्षाको सञ्चालन, व्यवस्थापन लगायतका कार्यहरू स्थानीय तहको क्षेत्राधिकारमा राखेको हुँदा त्यो अधिकार प्रयोग गरेर गाउँपालिकाले शिक्षा समिती तथा परिक्षा समिती नै गठन गरेर परीक्षा सञ्चालन गर्न लागेको हो ।

विहिबार सम्पन्न कपुरकोट गाउँपालिकाभरिका प्रधानाध्यापकहरुको बैठकले चैत्र ८ गते दिउँसो एक बजेबाट कक्षा ८ को वार्षिक परीक्षा सञ्चालन गर्ने निर्णय गरेको कपुरकोट गाउँपालिकाका श्रोत व्यक्ति कृष्ण भण्डारीले जानकारि दिए ।

बैठकमा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले सम्पूर्ण प्रधानाध्यापकहरुलाइ हिजोको मानसिकताबाट माथी उठेर शैक्षिक गुणस्तर वृद्धि गर्नतर्फ लाग्न निर्देशन दिएका छन् ।

उनले अहिले गाउँपालिका भित्रका विद्यालयमा धेरै नै समस्या देखिएको भन्दै आफुहरुले फागुन महिनाभरि सबै विद्यालयको अनुगमन गरेर आवश्यक निर्णय लिने बताए । उनले भने, ‘शिक्षक दरबन्दी मिलान, विद्यालय प्रशाशनको कार्यको निगरानी लगाएतका काम हामीले गर्छौँ ।’
यसैविच विहिबारको बैठकले रुम टू रिड नामक संस्थाले विद्यालयमा लाइब्रेरि संचालन, कक्षा १ र २ मा नेपालि भाषा शिक्षण जस्ता कार्यक्रम सञ्चालन गर्ने भएकाले विद्यालयहरुले आवश्यक फाराम भर्ने निर्णय गरेको श्रोतव्यक्ति भण्डारीले जानकारि दिए ।

शैक्षिक वर्ष २०७५ का लागी वार्षिक शैक्षिक क्यालेन्डर निर्माण गर्नका लागी गाउँ शिक्षा समितीका संयोजक शिक्षा अधिकृत विनोद अधिकारिको संयोजकत्वमा ७ सदस्यीय समिती पनि गठन गरिएको छ । समितीमा गाउँपालिकाभित्र रहेका सबै माविका प्रअ र श्रोत व्यक्ति सम्मीलीत छन् ।

कक्षा ८ को परिक्षा सञ्चालन, व्यवस्थापनका लागी यस अघि नै समिती गठन भएको पनि भण्डारीले जानकारि दिए । साथै कक्षा ८ को परीक्षा समिती पनि गठन भइसकेको उनको भनाइ छ । बैठकले सबै विद्यालयले नयाँ विद्यालयबाट आएको विद्यार्थी भर्ना गर्नका लागी सर्टिफिकेट अनिवार्य गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : २०७४ माघ १८ गते बिहिवार