• २०७७ असोज ५ गते सोमवार
  • Preeti To Unicode

ओमनमा अलपत्र २० नेपाली मध्य ११ जना बन्धक ! अबस्था चिन्ताजनक, दूतावास अझै मौन


माघ १९ काठमाण्डाैँ । 

वैदेशिक रोजगारीका लागि ओमन पुगि लामो समय देखि अलपत्र परेका २० नेपालीको अबस्था चिन्ताजनक बनेको छ ।

अलपत्र पर्नेहरुमा यम बहादुर चौहान, द्वारिका प्रसाद चौधरी, रबिन्द्र कुमार चौधरी, रामु गिरी, शङ्खर मिजार, राम ललित कुमार यादव, वसन्त गिरी, थके बुढा, खिमबहादुर थापा, रत्ना जंग राई, गोकर्ण त्रिपाठी, बिक्रम राई, राजेन्द्र गिरी, ज्ञान् बहादुर थापा, कुमार चौहान छेत्री, राजकुमार तामाङ, देव बहादुर बिक, शिर बहादुर खत्री, तेजेन्द्र राना र रेशम कुमार चौधरी रहेका छन जसमध्य ११ जनाको अवस्था निक्कै नाजुक बनेको छ ।

काठमाडौको होनेस्टी ओभरसिज प्रालिबाट ओमनको मुवाराद वादी मोर्डन ट्रेड कम्पनीमा स्काफफोल्डिङको काम गर्न भनी गत नोबेम्बर २६ मा गएका २० जना मध्य ११ जनालाइ अहिले ओमनको राजधानी मस्कटबाट झन्डै १ सय २० किलोमिटर टाढा बर्का भन्ने ठाउँमा बन्धक बनाइ राखिएको स्रोतले बताएको छ ।

सुरुमा २० जनालाई सँगै राखिएको भएपनि केहि दिन अघि २० जनामध्ये ९ जनालाई कम्पनी होस्टेलमा र ११ जनालाइ ठाउँ परिवर्तन गरि टाढा राखिदिएपछि उनीहरु झनै समस्यामा परेको जानकारी जन प्रगतिशील मन्च ओमनका प्रमुख संरक्षक मुन्नाबाबु परियारले  जानकारी दिएका छन । एक्कासि ठाउँ परिवर्तन गरि मोटरबाटोबाट झन्डै ३ किमि भित्र एकान्त ठाउँमा राखेको रहेछ मोबाइल चलाउन पनि समस्या ,पीडितले दूतावासलाई निवेदन दिएको पनि तीन हप्ता बित्यो तर कुनै पहल भएन हामीले बारम्बार भनेका छौ सुन्दैनन अब कसरी उद्दार गर्न परियारको भनाइ छ ।

‘मेनपावरले पनि झुक्याउने काम मात्रै गर्यो यता नेपाली हरु अलपत्र छन उता मेनपावर संचालक फारुक खानले परिवारलाई पुरै तलब दिएको छ भनी भ्रम छर्दै रहेछ’ उनले भने ‘यहाँ साथीहरूको ज्यान जाला भन्ने पीर छ ।’ कम्पनी मालिकले बन्धक बनाइएको छ धम्काउने तर्साउने गर्छ पुलिस बोलाउछु जेल हाल्छु भन्दै पीडितलाई झनै पीडा दिएको रहेछ दूतावासले यस्तो अबस्थामा पनि चासो नदिएको भन्दै परियारले आक्रोश व्यक्त गरेका छन ।

यता ओमनका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकालले केहि दिन अघि नै समस्या समाधान हुने बताएपनि हालसम्म समस्या समाधान गर्न कुनै पहल नगरेको पीडितको दाबी छ । खबरडबलीबाट

प्रकाशित मिति : २०७४ माघ १९ गते शुक्रवार