• २०७७ मङ्सिर ९ गते मङ्गलवार
  • Preeti To Unicode

सुष्मा स्वराजको सम्मानमा प्रधानमन्त्रीले दिएको दिवाभोज कमल थापाद्वारा बहिस्कार


भारतीय विदेशमन्त्री सुष्मा स्वराजको सम्मानमा दिइएको दिवाभोज उपप्रधान तथा उर्जामन्त्री कमल थापाले बहिस्कार गरेका छन्।

विदेशमन्त्री स्वराजको भ्रमण कुटनीतिक दृष्टिले अस्वभाविक रहेको बताउँदै थापाले बहिस्कार गरेका हुन्।

बालुवाटारमा दिइएको दिवाभोजमा उपप्रधानमन्त्री थापापनि निम्त्याइएका थिए। तर, त्यसलाई टार्न उनी चितवन जानका लागि त्रिभुवन विमानस्थल पुगेका छन्।

स्रोतले भन्यो, ‘स्वराजको भ्रमण अनौपचारिक भएपनि सरकार र शीर्ष नेताहरुले जसरी त्यसलाई महत्व दिए, थापा त्यसप्रति असन्तुष्ट हुनुहुन्छ।’

‘त्यही असन्तुष्टिस्वरुप थापा आकस्मिक रुपमा चितवनतर्फ लागेका हुन्’ थापा निकट स्रोतले भन्यो, अब उहाँ चितवन हुँदै हेटौंडा जानुहुन्छ।’

प्रधानमन्त्री निवास बालुटावारमा स्वराजको सम्मानमा दिइएको दिवाभोज अहिलेपनि जारी छ, जहाँ बरिष्ठ मन्त्रीहरु सहभागी छन्।

प्रकाशित मिति : २०७४ माघ १९ गते शुक्रवार