• २०७७ माघ ३ गते शनिवार
  • Preeti To Unicode

नेपालका डरछेरुवा नेता ! कसैले उठाएनन् सीमा मिचिएको कुरा, उल्टै नाकाबन्दी भुल्ने सहमती गरे


माघ १९, काठमाडौं ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराज दूईदिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएकी छिन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बिशेष दुतका रुपमा नेपाल आएकी स्वराज राष्ट्रपति, प्रधानमन्त्री र प्रमुख दलका शीर्ष नेतासँग रानीतिक भेटवार्ता सकेर स्वदेश फर्किएकी हुन् ।

विशेष विमानबाट बिहिबार अपरान्ह नेपाल आएकी स्वराजले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगबाट सुरु गरेको भेटवार्ता मधेशी दलका नेता माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपतिहुँदै प्रधाननमन्त्री शेरबहादुर देउवासँग भेटेर आफ्नो भ्रमण सकिन् । नितान्त राजनीतिक भेटकालागि मात्र अकास्मात नेपाल आएकी स्वराजसँगको भेटमा नेपाल–भारत हितबारे छलफल भएको नेताहरुले बताएका छन् ।

नेपालको समग्र हितबारे छलफल भएको नेताहरुले बताए पनि हालै नेपाल–भारतबिच देखिएको सीमा विवादबारे नेताहरु एक शव्द बोलेनन् । अझ उल्टै केहि नेताले भारतले नेपाललार्इ लगाएकाे नाकाबन्दी भुल्ने सहमती गरेका छन् ।  भारतले नेपालमा लगाएको अघोषित नाकाबन्दीपछि राष्ट्रवादी नेताको छवि बनाएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नाकाबन्दी भुल्ले सहमती गरेकाे स्राेतकाे दावि छ ।

स्रोतका अनुसार वार्तामा भारतसँग ओलीको सम्बन्ध बिगारेको नाकाबन्दीलाई भुल्ने सहमति भएको थियो । ओलीले स्वराजमार्फत मोदीलाई नाकाबन्दीको क्रममा भएको तिक्तता अब नहुने सन्देश पठाएका छन् ।

त्यस्तै पर्साको वीरगञ्ज महानगरपालिका– १  छपकैयामा नेपाल र भारत सीमामा केहि समयदेखि विावाद सुरु भएकोबारे सबै नेताहरु अवगत भएर पनि सो विषयमा काेहि बोलेका छैनन् । नेताहरुसँग स्वराजले ‘वान टु वान’ भेटवार्ता गर्दा भारतले ५० बिगाहाभन्दा बढी नेपाली जग्गा मिचेकोबारे कसैबाट कुनै कुरा उठेन । अरु समयमा राष्ट्रियताको चर्को नारा लगाउने नेताहरु परेका बखत भारत सामु मुख खोल्न नसक्नुले नेपाली नेताहरुलाई भारतबाट काति ‘आशिर्वाद’ प्राप्त छ भन्ने पुष्टि हुन्छ ।

कुनै समय नेपालको राष्ट्रियता र भारतको बिरोधमा खरो उत्रिएका एमाले अध्यक्ष ओलीले स्वाराजसँगको भेटवार्तामा सीमा विवादबारे कुरा उठाउनु आवश्यक ठानेन् । ओलीले बन्नै लागेको प्रधानमन्त्री पद खुस्किने त्रासले भारतसामु सीमा विवादको कुरा नउठाएको हुन सक्ने बुझिएकाे छ ।बिहिबार साँझै स्वराजले राजपाका नेताहरुसँग भेट गरिन् । मधेशीदलका नेताहरुले पनि सीमा विदबारे कुरा नउठ्नु स्वाभाविक देखिन्छ । राजपा नेपालका अध्यक्ष मण्डलका अध्यक्ष राजेन्द्र महत्तोले नेपाल र भारतबिच सीमा विवाद नभएको सार्वजनिक अभिव्यक्ति यसअघि नै दिइसकेका थिए ।उनले नेपाली सञ्चार माध्यमले उचालेको भरमा नेपाली सीमा भारतले मिचेको भन्न नमिल्ने दाबी समेत गरेका थिए ।

शुक्रबार विहान स्वराजले पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेकी थिइन् । स्वराज–प्रचण्डबिचको छलफलमा पनि सीमा विवादबारे छलफल भएको तथ्य बाहिरिएको छैन । माओवादी केन्द्रकै सहायक संगठन वाइसीएल नेपाल र अखिल (क्रन्तिकारी) ले सीमा मिचिएको स्थलमा ‘क्याम्प’ खडा गर्ने भनिरहँदा प्रचण्डले स्वराजसँग सो करा गर्ने आँट गरेनन् । स्वराज–प्रचण्डको गोप्य छलफलमा सीमा विवादबारे कुरा उठे नउठेको विषयमा प्रचण्डको सचिवालय बेखबर छ ।

शुक्रबार नै स्वराजसँग भेटवार्ता गरेका राष्ट्रपति र प्रधानमन्त्री पनि देशको सीमामा भारतले भुगोल मिचेको कुरा गर्न सकेनन् । सरकारका प्रमुखले नै भेटको समयमा आफ्नो भारतले भुगोल मिचिएको कुरा भारतीय प्रधानमन्त्रीको बिश्वासिलो पात्रसँग गर्न डराए या आवश्यक ठानेनन् । तर, समयमा उठाउनै पर्ने मुलुकका मुद्दा नउठाउन नसक्दा नेताहरु थुप्रै पटक चिप्लिदै आएका छन् ।

खबरडबली र अनलाइन डबलीकाे सहयाेगमा

 

प्रकाशित मिति : २०७४ माघ १९ गते शुक्रवार