माघ १९, सल्यान ।
सल्यानको एक माविमा गत असारदेखि लेखापालको काम अध्यक्षले गरिरहेका छन । जिल्लाको पश्चिममा पर्ने प्रभाकर मावि देवस्थलमा विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षको नाममा खाता संचालन भएर चलिरहेको हो ।
काम गर्ने असहज परिस्थितीका कारण राजिनामा दिएको जनाउने पूर्व लेखापाल बालाराम शर्माले विद्यालयको आर्थीक कारोबार डामाडोल भएकोले सम्बन्धीत निकायको ध्यान जान जरुरी रहेको बताएका छन ।
प्रधानाध्यापक र आफ्नो नाममा रहेको खाता गत असारमा अध्यक्षको नाममा सारेपछि उनले दशैको तलव खाएर राजिनामा दिएका थिए । उनी भन्छन – म लेखापाल थिए, एक्कासी मेरो नाममा रहेको खाता अध्यक्षको नाममा सारियो आफुलाई आत्मग्लानी भएकाले राजिनामा दिएको हु तर विद्यालयको भविष्यको चिन्ताका कारण म यो कुरा उठाउन चहान्छु ।
आफु जहाँ भएपनि समाजमा रहेको विद्यालयप्रतिको चिन्ता रहने भएकाले उनले यो कुरा उठाएर संचारमाध्यामलाई गुहारेको बताएका छन ।
यसबारेमा विद्यालयका प्रधानाध्यापक शिखर यरीलाई सोध्दा उनि भन्छन – विद्यालयका पूर्व लेखापाल राजनीतिमा जाने भएकाले काम चलाउनका लागि जिल्ला शिक्षा कार्यालयको सिफारिसमा अध्यक्षको नाममा खाता खोलिएको हो । लेखापालले छाडेको २ महिना मात्रै भयो हामी यहि माघमा विज्ञापन गरेर लेखापाल भर्ना गर्नेछौं ।
उनले गुनासो आएजस्तो डामाडोल नभएको भन्दै काम गर्नलाई नै अध्यक्षको नाममा खाता खोलिएको स्पष्ट पारेका छन ।
यता जिल्ला शिक्षा अधिकारी देवी प्रसाद सुवेदीले विद्यालयमा लेखापाल नहुदा शिक्षकलाई तलब खुवाउन सहज बनोस भनेर अध्यक्षको नाममा खाता खोल्न सिफारिस गरिएको र चुनावी आचार संहिता तथा संक्रमणकाल भएकाले नयाँ भर्ना नभएको भन्दै अव चाँडै लेखापाल भर्ना गरेर व्यवस्थीत गराउन निर्देशन गरिएको बताए ।