• २०८० मङ्सिर १५ गते शुक्रवार
  • Preeti To Unicode

काँग्रेसले कहिल्यै हार्दैन्ः देउवा


माघ १९, काठमाण्डौँ ।
नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस पार्टीले कहिल्यै नहार्ने बताएका छन् ।

नेपाल पर्यटन व्यवसायी सङ्घको भेलामा उहाँले काँग्रेस कहिल्यै नहारेको दावी गरे । काँग्रेसले सिद्धान्त र आदर्श नहारेको उनको भनाइ छ ।उनले भर्खरै सम्पन्न निर्वाचनमा पार्टीभन्दा उम्मेदवार हारेको भन्दै यस सम्बन्धमा छिट्टै केन्द्रीय समितिमा छलफल गर्ने बताए ।

सिद्धान्त र आदर्श राम्रो बोकेको पार्टीले निर्वाचनमा नराम्रो पराजय भोगेको स्वीकार्दै उनले पार्टीलाई अझ बलियो बनाइ भविष्यमा कहिल्यै नहार्ने बनाउनुपर्ने धारणा राखे ।

प्रकाशित मिति : २०७४ माघ १९ गते शुक्रवार