• २०७७ कार्तिक ३ गते सोमवार
  • Preeti To Unicode

गायक कृष्ना रेउलेले यसरी नचाउछन् दर्शकलार्इ, यस्ताे छ जिवन संघर्ष


लेकाली अनलाइन
माघ १९, सल्यान ।

जति गाउँछन् त्यतिनै नाच्नमा पनि पाेख्त भएका गायक कृष्ना रेउलेले विभिन्न स्टेज कार्यक्रमहरुमा गीतकाे तालमा अाफुनाँचेर दर्शकलाई पनि नचाउने गर्दछन् ।

लाेक गीत संगीतकाे क्षेत्रमा निकै लामाे समय संघर्ष गरेर जिबन बिताएका राष्ट्रिय लाेक दाेहाेरी प्रतिष्टान नेपालका सचिव रेउले यतिखेर अाफ्ना गीतहरु गाउन र दर्शकलार्इ नचाउन देश तथा बिदेशमा हुने मेला महाेत्सवमा व्यस्त छन् ।

नेपालगञ्जमा रहेका सल्यानका जनक चन्दका अनुसार-  माघ ११ गते देखि नेपालगन्ञमा कारकाँदाेमा संचालन भैरहेकाे प्रादेशिक महाेत्सब २०७४ मा अाज गायक रेउलेकाे प्रस्तुति रहेकाे थियाे । महाेत्सवमा जन्मदिने अामालाई सम्झदै स्टेज चढेका लाेक गायक कृष्ण रेउलेले अामाहरूमा समर्पित गित सुनाउदै शुरूमा सबैलाई भाबुक बनाएका थिए । तर बिस्तारै उनले अाफ्ना चर्चित गितहरू गाँउदै जाँदा छरिएर बसेका दर्शकरहरू स्टेज नजिक गएर गीतकाे तालमा रमाउदै नाचेका थिए ।

समय थाेरै भएका कारण उनले धेरै चर्चित गितहरू सुनाउन त पाएनन तर सुनाएजति सबैगीतले दर्शककाे मन जित्न सफल भए ।

उनै गायक कृष्ना रेउले सँग लेकाली अनलाइनका सम्पादक खकेन्द्र केसीले फेसबुकमा गरेकाे कुराकानीकाे अधारमा तयार पारिएकाे जिवन संघर्ष यस्ताे छ । 

सल्यान जिल्लको खलंगा १ शन्तिनगर म वि.स. २०३८ साल भदौँ २१ गते बुबा बालाराम रेउले र आमा केशु रेउलेको कोख बाट जन्मीएका कृष्णा रेउले चर्चित राष्ट्रिय गायकको रुपमा चिनिन्छन । निकै लामो समय गीत संगितमा सङघर्ष गरेका रेउले ले यो क्षेत्रमा आउन निकै कष्ट गरेको बताउछन् ।
वि.स. २०५५ सालमा १६ बर्षको उमेरमा रेडियो नेपाल बाट स्वर परिक्षा पास गरेर “सल्यान बाट झरेको माया मलाई छोडी काहाँ जान्छेउ निर्माया’’ भन्ने बोलको गीत पहिलो पटक रेकर्ड गराएका थिए । जुन गीत गाउदाँ रेडियो नेपालले उनलाई रु ६०० पारिश्रमिक दिएको र गीतका लागी आर्थिक लगानी नलागेको उनि बताउछन् ।

अहिले सम्मा अनगन्ती गितहरुमा आवाज दिइसकेका रेउले ले आफ्नै व्यक्तिगत एल्बम ३५४० ओटा निकालेको र ति सबैमा आफनो आवाज भरेको बताउछन् । रोधी धाउनाले, खानालाइ तितो छ करेली, डाडै काटी जाउ बरु निर्माया, यहि त होला माया भनेको, आज गाउँमा बिजुली चम्क्यो लगाएतका गीतबाट शिखरमा पुगेका कृष्णा रेउले सल्यानका पुराना राष्ट्रिय चर्चित गायक हुन ।

उनि भन्छन्   “म यो क्षेत्रमा आउन धेरै दुख गरेको छु । यो यात्रामा महाभारत हुन्छ भन्नुपर्छ । मेरो काठमाडौको बसाई अर्काको घरमा नोकर काम गरेर रेडियो नेपालमा स्वर परिक्षा पास गरेको त्यो अबस्था थियो । त्यो बेलामा काठमाडौ त्यति गाह्रो थियो हामिहरुको लागी संझदा अझै ताजै लाग्छ’ ।यो स्थान सम्मा आफु आउनुमा गुरु र आमाको साथ रहे पनि आफू कहाँ पुग्ने हो त्यो सफलता को लागि आफलेै सङ्घर्ष गर्नुपर्ने उनि बताउछन् ।

गीत संगीतबाट सल्यानलाई चिनाउने विषयमा कृष्णा रेउले भन्छन् “हाम्रो क्षेत्रको लोक संस्कृतिलाई बचाउनु हो, त्यो काम मैले सधैभरी गरिरहने छु । जस्तै धेरै टप्पा गीत गरेको छु । ती गीतबाट सल्यानको चिनारी, भुगोल, पर्यटक स्थलका नाम समेट्ने प्रयास भएकोे छ । अबको मेरो भनेको सल्यानमा संस्कृति अनुसन्धान केन्द्र विशाल रुपमा स्थापना गरेर संसारमा मेरो ठाउँ र हाम्रो सल्यानलाई चिनाउन चाहन्छु तर यो कामको लागि ठूलो सुविधा सम्पन्न सहितको जग्गा अनि लगानी चाहिन्छ’’ ।

उनि अहिले राष्ट्रिय लाेक दाेहाेरी प्रतिष्टान नेपालका सचिव पनि रहेका छन् ।

फाेटाे उनकाे फेसबुकबाट

प्रकाशित मिति : २०७४ माघ १९ गते शुक्रवार