• २०८० मङ्सिर १५ गते शुक्रवार
  • Preeti To Unicode

पश्चिम सल्यानमा ४० केजि चरेस सहित २ जना पक्राउ


दुर्गा वि.सी.
माघ १९, सल्यान ।

सल्यानकाे बन्गाड कुपिण्डे नगरपालीका र सुर्खेतको सिमानामा आज ४० केजि चरेस सहित २ जना पक्राउ परेका छन् ।

बन्गाड कुपिण्डे १ देवस्थल खहरेखोलाका जिवन वस्नेत र जाजरकोट घर भई हाल सल्लीवजारमा वस्दै आएका अम्मर शाहीलाई ६ नं प्रदेश व्युरोले पक्राउ गरेको छ । विशेष सुचनाका आधारमा चरेस सहित पक्राउ गरिएको जनाएको छ ।

सल्यानको सल्लीवजार हुदै नेपालगञ्ज पठाउने क्रममा व्युरोले सुराकीको आधारमा पक्राउ गरेको वताएको छ ।

प्रकाशित मिति : २०७४ माघ १९ गते शुक्रवार