माघ १९, कास्की ।
नेपाल कम्युनिष्ट पार्टीले पोखराका विभिन्न ठाउँमा लेखेका नाराहरु मेटाईएको छ । दिउसो नेकपाले लेखेका राष्ट्रियता सम्बन्धी नारा राती प्रसाशनले प्रहरीको पहरा दिएर मेटाएको बताइएको छ ।
कास्कीको पोखराका विभन्न ठाउँमा लेखिएका नाराहरु मेटाइदिएपछि नेकपा कास्की प्रसाशन प्रति आक्रोशित बनेको छ । नेकपा निकट युवा संगठनले राज्य आफ्ना नाराहरुसँग आतंकित भएको भन्दै अहिले नै यसरी नारासँग आतंकित नहुन समेत आग्रह गरेको छ ।
युवा संगठन राष्ट्रिय युवा जनस्वयंसेवकले यदी राज्यले यस्ता हर्कत निरन्तर दोहोर्याए प्रतिवाद गर्ने चेतावनी समेत दिएको छ । यस्तै पार्टीका जिल्ला सेक्रेटरी कृष्ण वाग्ले ‘रुपेश’ले आफुहरुले पोखरा सभागृहलाई बेचबिखन गर्न हुदैन भनेर नारा लेख्दा कास्कीका दलालहरु आतंकित भएर रातारात प्रशासनको आडमा नाराहरु मेटाएको आरोप लगाएका छन्।
उनले आफ्नो पार्टीले राष्ट्रियता, जनजीविका, जनतन्त्र र जनसरोकारका बिषयहरु उठाएर वालपेन्टिङ गर्दा राज्य आतंकित भइहाल्नुपर्ने कुनै कारण नभएको पनि बताएका छन्।
उनले भनेका छन्- ‘हामीले अहिले देशैभर दलालहरुलाई कारबाही गर्ने अभियान चलाईरहेका छौ । भ्रष्टाचार र कमिशनखोरहरुका गलत कर्तुतहरु सार्बजनिक गरिरहेका छौ । यसैक्रममा पोखरा सभागृह बेचेर खाने यहाँका दलालहरुको सड्यन्त्रलाई पनि बाहिर ल्याउने अभियान सुरु गरेका छौ । यहि अभियानबाट अतालिएका भ्रष्ट कर्मचारी र प्रहरी प्रसाशनको समेत मिलोमतोमा हाम्रा नाराहरु मेटाइएका हुन् ।’
यसरी नेकपाका नारासँग समेत राज्य आतंकित भएर वालपेन्टिङ मेटाउन थालेपछि कास्कीमा अन्य राजनीतिक दलहरु समेत चकित परेका छन्। यस्तै नेकपाले पोखरा सभागृह बचाऊ अभियानमा साथ दिन स्थानीय संघसस्था, नागरिक समाज, पेशाकर्मी, बुद्धिजीवी र राजनीतिक दलहरुलाई आग्रह गरेको छ ।
यता नेकपाले भने राज्यले आफ्नो ‘राष्ट्रिय जन जागरण अभियान’सँग आतंकित भएर नाराहरु समेत मेटाउन थालेपनि स्थानीय तहमा रहेको दलालीकरणका बिरुद्धको अभियानलाई भने निरन्तर जारी राख्ने बताएको छ । राज कुमार घिमिरे/संचार केन्द्रबाट
यस्ता थिए नाराहरु
यसरी मेताइएको छ नाराहरु