• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

निगमले बुढिगण्डकीको सेयर माग्यो


माघ २०, काठमाण्डाैँ  ।

नेपाल आयल निगमले बूढीगण्डकी जलविद्युत आयोजनामा २५ प्रतिशत सेयर माग गरेको छ। उसले मासिक ७०-८० करोड रुपैयाँ संकलन गरेकाले बूढीगण्डकी संस्थागत सेयर माग गरेको जनाएको छ।

आजको कान्तिपुर दैनिकमा खबर छ- निगमका कार्यबाहक कार्यकारी निर्देशक सुशील भट्टराईले जलविद्युत आयोजनाका लागि वार्षिक १० अर्ब रुपैयाँभन्दा बढी संकलन गरी सरकारलाई बुझाउँदै आएको बताए।

उनले भने, दस बर्षको अवधिमा आयोजनाको लागतको करिब ५० प्रतिशत रकमको जोहो निगमले नै गर्न सक्छ। यही आधारमा निगमलाई पनि सेयर दिनुपर्छ भन्ने हाम्रो भनाइ हो।

प्रकाशित मिति : २०७४ माघ २० गते शनिवार