• २०७७ असोज ४ गते आइतवार
  • Preeti To Unicode

माअोवादी नेता जनार्दन शर्माको गाडी पल्टियो


माघ २०, काठमाडाैं ।

नेकपा माअोवादी केन्द्रका प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री जनार्दन शर्माको गाडी दुर्घटना भएको छ ।

अाज बिहान ललितपुरको पुल्चोकमा गाडी दुर्घटना भएको हो । बा १५ च १४९३ नम्बरको पल्टिएको स्यान्ट्रो कारमा जनार्दन भने थिएनन्, । जनार्दनको छोरा प्रकाश शर्मा र चालक गाडीमा सवार थिए ।

आज बिहान तरकारी किन्न भनेर जावलाखेलस्थित निवासबाट निस्किएको गाडी दुर्घटना हुँदा सामान्य क्षती पुगेको छ तर उनीहरू सकुशल भएको बताइएको छ । गाडी दुर्घटनाको कारण भने खुलेको छैन । संकेतिक फाेटाे फाइल

प्रकाशित मिति : २०७४ माघ २० गते शनिवार