माघ २०, सल्यान ।
नेपाल रेडक्रस साेसाईटी लेखपाेखरा उपशाखाकाे दाेस्राे अधिबेशन सम्पन्न भएकाे छ ।
अाज लेखपाेखरामा भएकाे अधिवेशनले गाेविन्द केसी अध्यक्षता १३ सदस्यीय नयाँ कार्य समिति पुनरगठन गरेकाे छ । जसमा उपाध्यक्षमा कुन्ती वस्नेत, सचिव हिमाल याेगी, सहसचिवमा दुर्गा बहादुर केसी, काेषाध्यक्षमा लाेकेन्द्र केसी, सह काेषाध्यक्षमा उमलाल घर्ती रहेका छन् ।
त्यस्तै सदस्हरुमा नरेन्द्र बुढा, मुना खडका, नारायण प्रशाद वली, शेर वहादुर बिक, जगि वली, दल वहादुर बुढा र निम बहादुर वुढाथाेकी रहेका छन् ।
अधिवेशनमा नेपाल रेडक्रस साेसाईटी जिल्ला शाखा सल्यानका सदस्य तथा निर्वाचन सयाेजक उक्तर कुमार केसीकाे प्रमुख अातिथ्यता रहेकाे थियाे ।