• २०८० मङ्सिर १७ गते आइतवार
  • Preeti To Unicode

सल्यान उद्योग बाणिज्य संघले देखायाे मेलाकाे विवरण ! २१ लाख बढीकाे अाम्दानी, खर्च कति ?


आशिष केसी
माघ २०, सल्यान ।  

उद्योग बाणिज्य संघ सल्यानले सनिवार समिक्षा बैठक सम्पन्न गरेको छ ।

पुस २६ गते देखि ३० गते सम्म संचालन भएको कृषि, पशु, बन, पर्यटन, व्यापार तथा सास्कृतिक महोत्सब २०७४ को विषयमा भएको समिक्षा बैठकमा उद्योग बाणिज्य संघ सल्यानले गरेको कामको सार्बजनिक गरेको छ ।

संघका अध्यक्ष वीर बहादुर चलाउनेको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख केश बहादुर बिष्टको प्रमुख आतिथ्यतामा भएको बैठकमा जिल्ला भरिका विभिन्न सरकारी तथा गैर सरकारीका ब्यक्तिहरुलाई आमन्त्रण गरिगरेको सो समिक्षा बैठकमा मेला अबधिभर गरेको साथ सहयोग समर्थन लाई कदर गर्दै संघले कदर पत्र प्रदान गरेको छ ।

संघले लगाएको महोत्सवको आयव्ययलाई सार्बजनिक गर्दै १८ लाख ७९ हजार ४ सय आठ रुपैया प्राप्त भएको तथा ३ लाख रुपैया प्रतिबद्धता रकम गरि २१ लाख ७९ हजार ४ सय रकम संघको नाममा प्राप्त भएको र सो महोत्सवमा १६ लाख ९२ हजार ४ सय रुपैया खर्चको विवरण सार्बजनिक गरेको थियो ।

बैठकमा विभिन्न सरोकारवाला निकाय संग छलफल पनि गरेको थियो । प्रमुख अतिथी केश बहादुर बिष्टले बिगतका बर्षहरु भन्दा यो बर्ष सल्यान उदयोग बाणिज्य संघको महोत्सव निकै नै सफल रहेको र कृषीमा पनि निजि क्षेत्रबाट विशेषखालको परियोजना निर्माण गर्न सल्लाह सुझाव दिएका थिए ।

संघका अध्यक्ष वीर बहादुर चलाउनेले बैठकमा संघले लगायको महोत्सवको आय ब्यय तथा आगामी कार्यक्रमबारे बारे प्रकास पारेका थिए । बैठकमा विशिस्ट अतिथी जिल्ला समन्वय समितिका उपप्रमुख हरि प्रकाश बुढाथोकी, अतिथिमा शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारी, बरिष्ट कृषि अधिकृत अमर राज शर्मा घिमिरे, नेपाल उद्योग बाणिज्य महासंघ ६ न• प्रदेश कोषाध्यक्ष सुधन श्रेष्ठ, छत्रेश्वरी गाउपालिकाका अध्यक्ष सन्तोष केसी लगायत को उपस्थितिमा रहेको थियो भने कार्यक्रमको संचालन संघका महासचीव भरत बस्नेतले गरेका थिए ।

प्रकाशित मिति : २०७४ माघ २० गते शनिवार