माघ २०, काठमाण्डौ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डसंग सल्यानका माओवादी केन्द्रका जिल्ला संयोजक सहितको टोलीले भेट गरेको छ ।
पोलिट ब्यूरो सदस्य तथा जिल्ला संयोजक कर्णवहादुर वुढाथोकी सहितको टोलीले प्रचण्डसंग भेट गरेको हो । टोलीले प्रदेश र प्रतिनीधि सभा निर्वाचनमा सल्यानमा स्वतन्त्र उम्मेदवारी दिनु पर्ने कारण सहित जिल्लाको अवस्था वारे जानकारी गराएको छ ।
सल्यानमा निर्वाचनका समयमा टिकट वाँडफाँटका क्रममा अन्याय भएको र त्यसको विरुद्ध स्वतन्त्र निणर्य लिन जिल्लापार्टीलाई निर्देशन दिने पूर्व सामान्य प्रशासन मन्त्री टेकवहादुर वस्नेत र जिल्ला ईञ्चार्ज नेव वहादुर कवँरलाई पनि कार्वाहीको माग गरिएको छ । “पार्टी नीति विधीका विरुद्धमा जाने सवैलाई आवश्यक कार्वाही हुनु पर्छ । हामी पनि कार्वाही भोग्छौ तर कोही उम्कने कोही कार्वाही पर्ने यो अन्याय हुन्छ हामीले अध्यक्षलाई भनेका छौ । कार्वाही भए दुवैलाई हुनुपर्छ”- जिल्ला संयोजक कर्ण वहादुर वुढाथोकीले भने ।
प्रचण्डले निर्वाचनका समयमा वागी उम्मेदवारी दिन निर्देशन दिने र उम्मेदवार वन्ने दुवै कार्य पाटी नीति विपरित भएको उनले वताए । उने भने “सल्यानमा कार्वाही भन्दा एकता आवश्यक हो । सल्यान र जिल्लाको अन्तरविरोध मैले राम्रै संग वुझेको छु । तपाईहरु पार्टीको काममा लाग्नुहोस । पार्टी एकतावद्ध हुन्छ ।”
सल्यान जिल्लाको पार्टीलाई एकतावद्ध वनाएर लैजान कार्वाही भन्दा एकता र उचित जीम्मेवारी वाँडफाँट नै हो प्रचण्डको भनाई उक्त भेटमा सहभागि नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति सदस्य टिकाराम वलीले दर्शनले वताए । उनले भने “अध्यक्ष सल्यानको समस्या वारे जानकार हुनुहुन्छ । सल्यानको घटना विशिष्ट खालको र समाधान पनि विशिष्ट किसिमले समाधान गर्ने आश्वासन पाएका छौ ।”
पछिल्ना समयमा जिल्लामा भैरहेका गतीविधीवारे आफु जानकार रहेको भन्दै प्रचण्डले एकतावद्ध र मिलाएर लिने भन्दा वरपर जस्ले सोच्छ उसलैले पार्टीको हित विपरित गर्ने भएकाले त्यो राम्रो नहुने अध्यक्षले वताएको भेटमा सहभागि नेताहरुको भनाई छ ।
अध्यक्ष प्रचण्डलाई जिल्लाको अवस्थावारे जानकारी दिदै जिल्ला संयोजक कर्णवहादुर वुढाथोकी छहारीले हस्ताक्षर गरेको पत्र समेत प्रचण्डलाई वुझाएको थियो । आफुलाई भेटन आएकोे भन्दै प्रचण्डले जिल्ला संयोजक सहितको टोलीलाई धन्यवाद समेत दिएका थिए ।
राष्टिय सभा निर्वाचन प्रक्रियामा भाग लिने मतदाता रहेका मध्य केही नेता कार्यकर्तालाई कार्वाहीका लागि सिफारिस गरेकोले निर्वाचन अघि नै जिल्लाको समस्या समाधान गर्ने गरी तयारी भैरहेको समेत माओवादी केन्द्रका नेताहरुले वताएका छन् ।
माओवादी केन्द्रले वाम गठवन्धनका विरुद्धमा प्रतीनिधी सभा र प्रदेश सभामा उम्मेदवारी दिएको भन्दै नेता उमाकान्त शर्मा र भीमप्रकाश शर्मा, केन्द्रीय सदस्य जीतवहादुर पुन, टंक प्रशाद शर्मा,कृति वहादुर राना,नविन भट्टराई, हरी डि.सीलाई कार्वाही गरेको थियो ।
यस्तै यसअघि पूर्व सामान्य प्रशासन मन्त्री टेकवहादुर वस्नेतले वाम गठवन्धनले सिट वाँडफाँट गर्दा सल्यानमा दुई सिट पाउनु पर्ने नभए जिल्ला पार्टीले लिने निणर्यमा स्वतन्त्र रहने र जिल्ला ईञ्चार्ज नेव वहादुर कवँर र जिल्ला संयोजक कर्णवहादुर वुढाथोकीले एक सिट दिने निणर्य पार्टी केन्द्रले नसच्याए अर्को निणर्य लिन सकिने भनि प्रेस विज्ञप्ती जारी गरेका थिए ।